कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
614

नेपालीहरुको महान चाड बडादसैं र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा मात्र २५ हजार ९९० रुपैयाँमा पाउन सक्नेछन् । यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ । यसको अतिरिक्त वल्र्डलिंकले आफ्ना ग्राहकवर्गकमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचरमार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको जनाएको छ । यस्तै, सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० रुपैयाँ नगद ब्यालेन्स प्राप्त गर्न सक्ने जनाइएको छ ।

विराटनगरमा पनि अफर
वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले विराटनगरमा पनि चाड पर्व (दसैं, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले भदौ २२ गते आइतबारदेखि ल्याएको अफरमा वल्र्डलिंकको ग्राहक बन्दा वा सेवा नवीकरण गर्दा सहभागी हुन पाइने कम्पनीका विराटनगर शाखा प्रमुख प्रेमप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागी हुन इन्टरनेट जोड्दा सिजीको ३२ इञ्चको एलइडी टिभी प्राप्त गर्नुका साथै सोही शुल्कमा नेट टिभी जडान गर्न पाइनेछ । दसैंमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफरअन्तर्गत ग्राहकहरूले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्ने छन् ।
घिमिरेका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इञ्चको एलइडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ । वल्र्डलिंकको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिंदा अफर प्राप्त गर्न सकिने घिमिरेले बताए ।
त्यसैगरी, ११ हप्तासम्म वल्र्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नवीकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इञ्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेको भनाइ छ । त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजिटल वालेटमा दुई सय ५० रुपैयाँको भौचरसमेत प्रदान गरिने घिमिरेले बताए । नेपालकै अग्रणी इन्टरनेट प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा अफरहरू ल्याउने गरेको शाखा प्रमुख घिमिरेको भनाइ छ । इन्टरनेट सेवा सञ्चालन गर्न चाहने ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै किस्ता बन्दीमा समेत इन्टरनेट सेवा प्रदान गरिएको घिमिरेले बताए ।