कारोबार संवाददाता
मंगलबार, भदौ ३, २०७६
296

भाइब्रेन्ट गोवाःग्लोबल एक्स्पो एन्ड समिट–२०१९ को रोड शोको क्रममा १७ वटा रोड शो विभिन्न मुलुकमा गरी १८ औं रोड शो नेपालमा गर्ने क्रममा भाइब्रेन्ट गोवा टोलीले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गरे । उक्त अवसरमा भाइब्रेन्ट गोवा ज्ञान समिटका अध्यक्ष एवं ओपन डेस्टिनेसनका उपाध्यक्ष मिलिन्ड अन्भेकरले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोबारे प्रकाश पारे ।
उक्त एक्स्पोले गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यावसायिक अवसरप्राप्त भई व्यवसाय तथा ज्ञानको आदान–प्रदान करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीबीच हुने धारणा राखे । सो एक्स्पोमा कृषि तथा खाद्य प्रशोधन, निर्माण व्यवसाय, हल्का इन्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिवहन, सूचनाप्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेस्टिनेसन आदि क्षेत्र समावेश भएकाले नेपाली उद्यमी व्यवसायीलाई सो एक्स्पोमा भाग लिन आग्रह एवं अनुरोध गरे ।

उक्त असवरमा भाइब्रेन्ट गोवा फाउन्डेसनका मानार्थ सचिव आर्मन बैंकले खनिज जन्य, फायर बलमा संयुक्त लगानी÷व्यवसायमा जोड दिनुका साथै एक्स्पोसँग आबद्ध रीतामोदी जोशीले नेपालको विगत १० वर्षमा बिँग्रदो पर्यावरणमा सुधार हुने अपेक्षा राखे ।
फिल्म निर्माणको सिलसिलामा भाइब्रेन्ट गोवाका सीएसआर तथा शिक्षा कमिटीका अध्यक्ष गौतम खार्राङ्गाटेले फिल्म निर्माणको सिलसिलामा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने उत्सुकता देखाए ।
उक्त अवसरमा भाइब्रेन्ट गोवा प्रतिनिधिमण्डलको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भाइब्रेन्ट गुजरातको अवधारणाबाट नै अभिपे्ररित भई विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरूमा भाइब्रेन्ट एक्स्पोको नाममा निकै सराहनीय एक्स्पो भइरहेको र सो एक्स्पोमा चेम्बरको प्रभावकारी सहभागिता रहँदै गएको उल्लेख गर्दै आगामी १७ देखि १९ अक्टोबर २०१९ मा आयोजित भाइब्रेन्ट गोवामा समेत चेम्बर सहभागीहुन इच्छुक रहेको र यसबाट शुरुमा व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकास हुनेमा जोड दिए ।
सोही अवसरमा काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव कपिध्वजप्रताप सिंहद्वारा चेम्बरलाई छलफलमा समावेश गरेर सराहनीय कार्य गरेको र यसबाट व्यवसायजन्य कार्य प्रबद्र्धन हुने आशा एवं विश्वास व्यक्त गर्दै गोवा प्रविधिको केन्द्र, कृषिमा आधारित व्यवसाय र पर्यटनमा समेत करिब ३ लाख पर्यटनमा १ लाख २० हजार पर्यटन भारत हुँदै त्यसको विस्तारित प्याकेजका रूपमा नेपाल आउने हुँदा पर्यटन वर्ष २०२० को प्रबद्र्धन गर्न आगामी गोवा एक्स्पो उपयुक्त अवसर हुने बताए । सो अवसरमा चेम्बरका पदाधिकारी, वस्तुगत तथा आबद्ध संघका पदाधिकारीहरू तथा चेम्बरका सदस्यहरूको उपस्थिति थियो ।