कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
311

हेटौंडा- जिल्ला अदालत मकवानपुरले बहुर्राष्ट्रिय कम्पनी बरण बेभेरेजलाईरु २ लाख रुपैयाँ जरिवाना गरेको छ । माउन्टेन डिउको सिल नखोलिएको बोतलभित्र गुट्काको खोल फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चले घरेलु तथा साना उद्योग कार्यालयमार्फत जिल्ला अदालतमा सो मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलाशले उपभोक्ता ऐन २०५४ को दफा(१८)को बमोजिम २ लाख रुपैयाँ जरिवाना गराउने फैसला गरेको हो । यस फैसलाले उपभोक्ताको स्वास्थ्यमा ध्यान दिँदै अन्य उत्पादक उद्योगसमेत सचेत हुने उपभोक्ता हित संरक्षणमञ्चका उपाध्यक्ष अजय अधिकारीले बताए ।