कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
176

बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरूलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल र जुसलगायतका सेवाप्रदान गरेको जनाएको छ ।
लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल–भारत मैत्री अस्पताल, मित्रपार्क, काठमाडौं बृज सिमेन्टको संयुक्त रूपमा आयोजनामा गरेको

कार्यक्रममा विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरूलाई १ सय ५० जना विभिन्न स्वयंमसेवकहरूद्वारा ८ स्थानमा सेवाप्रदान गरिएको कम्पनीले बतायो ।
साथै पशुपतिनाथमा भक्तजनहरूलाई निःशुल्क स्वस्थ्य परीक्षणसमेत गरिएको भन्दै कम्पनीले स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको पनि बताएको छ ।