अमृता राई
आइतवार, श्रावण २६, २०७६
337

पञ्चकन्या गु्रपअन्तर्गत प्लास्टिक डिभिजनको डिलरमिट २०७६ होटल एम्बेसडर काठमाडांैमा सम्पन्न भएको जनाएको छ । उक्त डिलरमिट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगामी दिनहरू चुनौतीपूर्ण रहेकोले अझ सशतm ढंगले अगाडि बढ्नुपर्ने बताए ।
साथै कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले कम्पनीको उत्पादनहरूको गुणस्तर र सेवालाई आगामी दिनमा अझ सुदृढ गर्दै लाने र आमउपभोक्ताको मन जित्ने घोषणा गरेका थिए । देशभरिबाट करिब ७० जना डिलर प्रतिनिधिहरूको प्रतिनितित्व रहेको उक्त भेटघाट कार्यक्रममा कम्पनीका डाइरेक्टर आशिक श्रेष्ठले नयाँ उत्पादनहरूका बारेमा जानकारी गराएका थिए भने कम्पनीका सिनियर म्यानेजर गणेशकुमार कार्कीले गत आर्थिक वर्षको वार्षिक समीक्षा विवरण पेस गरेका थिए ।