कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
256

राजधानीको चाबहिल चुच्चेपाटीस्थित केएल टावरमा ‘बिग सेल कार्निभल’ मेला सुरु भएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने भन्दै शुक्रबारदेखि भदौ २१ गतेसम्म करिब एक महिना सञ्चालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएका छन् ।
मेलामा केएल टावरमा सञ्चालनमा रहेका पाँचदर्जन बढी पसलहरुको सहभागिता रहने तथा लत्ताकपडा, जुत्ताचप्पल, घडी, चश्मा, मोबाइल फोन, बालबालिकाका लागि लत्ताकपडा तथा खेलौनालगायत ३ हजारभन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएको आयोजकले जनाए ।
शुक्रबारबाट सुरु भएको मेला झन्डै एक महिनासम्म चल्नेछ । मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा ‘लक्की ड्र’ कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् । ती उपहारमा १ हजार रुपैयाँबराबरको फ्रि सपिङ भौचर, मुभि टिकटलगायत छन् ।