कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
327

कोका–कोलाले देशभरका ग्राहकहरूका लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको भन्दै कम्पनीले जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको दावी गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरेपश्चात् नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको भन्दै जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री तथा अल्ट्रा लाइट बोतल भएको र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुने जनायो ।

कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको हुनाले यसको विस्तारित आयु ६ महिनासम्म रहेको पनि जनाएको छ । नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हामी ग्राहकहरूका लागि कोका–कोला, स्प्राइट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी छौं ।
जिग्री प्याकले नवीनतम प्रविधिमार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्छ ।” बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले पनि बोटलर्स नेपाल (तराई) लिमिटेड नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न भएको भन्दै कम्पनी जिम्मेवार र दिगो व्यवसायमा प्रतिबद्ध रहेको बताए । “यो नवीनतम प्रविधिमार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं,” उनले भने ।