कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
456

दराज डिमार्टले घरमा चाहिने खाद्य सामग्रीहरू जस्तो कि नुन, चामल, दाल, तेलदेखि अन्य धेरै दैनिक आवश्यकताका समानहरू आफ्नो घर दैलोमा पु-याउने भएको छ ।
प्रायजसो उपभोक्ताहरूले घरायसी सामानहरू एकै चोटी किन्ने हुनाले डिमार्टले १ हजार ५ सयभन्दा माथिको खरिदमा निःशुल्क वितरण सुविधा प्रधान गर्ने भन्दै काठमाडौंबाट अर्डर गर्दा २४ देखि ४८ घण्टाभित्र आफ्नो अर्डर पाउने र काठमाडौं बाहिरबाट अर्डर गर्दा २ देखि ४ दिन लाग्ने जनाएको छ । डिमाटले इक्स्लुसिव सामनहरू, भभ्य छुट, र अग्र्यानिक उत्पादनहरू पर्छन् भन्दै डिमार्टले खास सामानहरूमा ५० प्रतिशतसम्मको छुट दिने पनि गरेको जनाएको छ ।