कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
223

सामसङ इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले पुलचोक ललितपुरमा नयाँ सामसङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ प्लाजाको सञ्जाल विस्तार गर्न उत्प्रेरित गरेको भन्दै हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक श्रीमती सीमा गोल्छा तथा सामसङ प्लाजाको छात्रवृत्ति प्राप्त गरेका निर्मल विद्यापीठ विद्यालय तथा आजाद विद्यालयाका छात्राहरुले २५ गते शोरुमको उद्घाटन गरेका थिए ।
१५ औं वार्षिक उत्सवको अवसरमा, सामसङ प्लाजाले निर्मल विद्यापीठ विद्यालय र आजाद विद्यालयाका ५० जना छात्रालाई एक वर्षको पूर्ण छात्रवृत्ति, विद्यालय पोशाक तथा स्टेस्नरी उपलब्ध गराएको थियो । उद्घाटन समारोहमा श्रीमती सीमा गोल्छाले भनिन्, “हामी पुलचोक ललितपुरमा सामसङ डिजिटल प्लाजा सञ्चालनमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं । हामीलाई विश्वास छ कि यस विस्तारसँगै पुलचोक, ललितपुरका ग्राहकहरु विभिन्न तरिकामा लाभान्वित हुनेछन् । छात्रवृत्ति पहल कार्यक्रममार्फत महिला सशक्तीकरणका लागि एउटा सानो प्रयास गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । म अत्यन्तै खुसी छु कि यस्तै ५ जना बालिकाले आज यहाँ उपस्थिति जनाएर शोरुमको संयुक्त रूपमा उद्घाटन गरेका छन् । मलाई विश्वास छ कि हाम्रो यो सानो योगदानले आगामी दिनहरुमा सकारात्मक परिणामका लागि समर्थन गर्नेछ ।”