कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
342

नर्भिक इन्टरनेसनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा एक विशिष्ट समारोहबीच ‘क्वालिटी च्वाइस प्राइज–२०१९’ बाट सम्मानित गरिएको छ । गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
उक्त समारोहमा युरोप, एसिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरू, हस्पिटलहरू, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरूसमेत पुरस्कृत भएका थिए । नर्भिक इन्टरनेसनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय– संस्था वीएलसी होल्डिङस् प्रालिका कार्यकारी निर्देशक मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

उक्त साँझ पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको बिहानी सत्रमा खेमकालाई विशेष वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । उक्त समारोहमा आफ्नो मन्तव्य राख्दै खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पु¥याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगतिलगायतका विविध विषयमा प्रकाश पारेका थिए ।
विश्वभरका ५५ वटा छानिएका र पुरस्कृत संघ–संस्थाका प्रतिनिधहरू माझ उनले आफ्नो धारणा राखेका थिए । विश्वभरका जनप्रशासनसम्बन्धी संस्थाहरू, कम्पनीहरू, विश्वविद्यालयहरू, संघ–संस्थाहरू, विशिष्ट व्यावसायिक व्यक्तित्वहरू, प्रबुद्ध प्राज्ञिक व्यक्तित्वहरू र गुणस्तर विज्ञहरूका उपस्थितिमा खेमकाले पुरस्कार ग्रहण गरेका थिए । गुणस्तरीय अनुसन्धानसम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्यकार्यालय रहेको एक युरोपेली संस्था हो ।
यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रवद्र्धन गर्ने, गुणस्तरीय व्यावसायिक अभ्यास गर्ने-गराउने, प्राविधिक नवीनता वानविनीकरण थप्ने, व्यावसायिक कम्पनीहरू तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धिहरूलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलतासम्बन्धी रणनीतिहरूको प्रचार–प्रसार एवं प्रकाशन गराउने कार्य गर्छ ।
यसका अन्य क्रियाकलापहरूमा आवश्यक मान्यता दिलाउने, सञ्जाल विस्तार गर्ने, मूल्यांकन गर्ने, तालिम, परामर्श तथा गुणस्तरसम्बन्धी कार्यहरूको अनुसन्धान गर्ने आदि छन् । यसले गुणस्तर र गुणस्तरीय व्यवस्थापन, गुणस्तरीय व्यवस्थापनमा संघ–संस्थाहरूले हासिल गरेका उपलब्धिलाई आफ्नो प्रकाशनमा समावेश गर्ने, गुणस्तर सुधारका अद्यावधिकतकनिकीहरू आबद्ध संघ–संस्थाहरूलाई उपलब्ध गराउने, गुणस्तरसम्बन्धी उत्कृष्ट नमुनाहरू र तत्सम्बन्धित रणनीति उपलब्ध गराउने कार्य पनि गर्छ ।