कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
360

दैनिक करिब ४० हजार मानिसको आवत–जावत हुने काठमाडौंको मुटु गोंगबु बसपार्कभित्र अत्याधुनिक सुविधासम्पन्न लोत्से मलको निर्माण गरिएको छ । एउटै छानामुनि २ सिनेमा हल, २ ब्याङ्वेट हल, रेस्टुराँ-फुड कोर्ट, प्रशस्त पार्किङ सुविधाका साथै विभिन्न मनोरञ्जनका सुविधाहरू भएको यस आधुनिक मल दशैं अगाडि सञ्चालनमा आउने भएको भन्दै कम्पनीले अधिकांश पसलहरू बिक्री भइसकेको यस मलमा सीमित ८० वटा पसल मात्र बिक्री हुन बाँकी रहेको जनाएको छ ।
पसल किन्दा २७ वर्षको लिज अवधि रहने र ५० प्रतिशतको बैंक फाइनान्सिङको सुविधा रहने भन्दै लोत्से मलले मलमा पसल खरिद गर्दा एउटा आकर्षक अफरको पनि लाभ लिन सकिने जनाएको छ । बाँकी रहेका ८० वटा पसल खरिद गर्नेहरू मध्यबाट तीन जना भाग्यशाली विजेताहरूलाई बम्पर उपहार स्वरूप सुजुकी भिटारा स्विफ्ट र वागन आर कार जित्ने अवसर मिल्ने बताएको छ ।