कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
169

चलिरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरी सीजीले आफ्ना टिभी खरिद कर्ताहरु मध्यबाट प्रत्येक साता एक जनालाई लक्की ड्र मार्फत सीजीको एलईडीटिभी प्रदान गर्ने योजना बताएकोमा सोमबार एक पत्रकार सम्मेलनगरि उनिहरुको माझ २ जना भाग्यशाली विजेताहरु छानेको छ ।
जसमध्ये इलाम घर भएका धीरज आर्चाय र काठमाडौं, तिलगंगा घर भएकी सञ्जिता देउला छन् । तसर्थ योजनाअनरूप सीजीले उनीहरु २ जनालाई सम्पर्क गरी उक्त उपहार प्रदान गर्ने र अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको र आजै सीजीका टिभीहरु खरिद गरी आफूलाई भाग्यशाली विजेता बनाउनु हुन सीजीका ब्रान्ड म्यानेजर दिवाकार नगरकोटीले आग्रह गरे ।