कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
172

इन्टरनेट सर्भिस प्रोभाइडरका रूपमा विगत २३ वर्षदेखि लामो इतिहास बोकेको नेपालकै सबैभन्दा ठूलो इन्टरनेट एवं नेटवर्क सर्भिस प्रोभाइडर वल्र्डलिंक कम्युनिकेसनस् प्रमुख आईटी कम्पनीका रूपमा परिचित छ । वल्र्डलिंकलाई सुरुवाती समयदेखि हालको अग्रणी आईटी कम्पनीका रूपमा स्थिापित गर्नका लागि सेल्स र मार्केटिङ रणनीतिको महत्वपूर्ण भूमिका छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङसम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको हो ।
प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङलगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्घि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो । विद्यार्थीहरूले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरू मार्पmत् आपूmमा प्रेरणा जागृत गराउने अवसर पाएका थिए । यति मात्र नभई विद्यार्थीहरूले विभिन्न विषय र क्षेत्रका विज्ञहरूबाट प्रतियोगिताका प्रत्येक शीर्षकमा सल्लाह र सुझाव हासिल गरेका थिए । साथै प्रत्येक टिमलाई प्रतियोगिता अवधि भर गाइड गर्नका लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको थियो ।

प्रतियोगीहरूले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नका लागि विभिन्न समयमा दूरसञ्चार एवं आईटी कम्पनीहरूको भ्रमण गरेका थिए । उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरूले आफ्नो प्रोजेक्टका रूपमा प्रस्तुत गर्नुपर्ने प्रमुखकार्य थियो । यस प्रतियोगितामार्पmत् विद्यार्थीहरूले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरूबाट रणनीतिहरू निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरेका थिए ।
यस प्रतियोगिताको समय अवधि जुन १, २०१९ बाट शरु भई ३७ दिनसम्म रहेको थियो । सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयनगरि सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम आइतबार होटल हिमालयनमा सम्पन्न गरिएको थियो ।
उक्त प्रतियोगिताको विजेता एस इन्टरनेसनल बिजनेस स्कुल भएको छ । प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरू प्रस्तुत गरेबापत एस इन्टरनेसनल बिजनेस स्कुलले प्रथम स्थान हासिल गरेको हो । कलेजले प्रथम पुरस्कार स्वरुप २ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । त्यस्तैगरी, जेनिथ इन्टरनेसनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । उनीहरूले नगद १ लाख रुपैयाँ र ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका थिए । यस प्रतियोगिताको सम्मानित एवं निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दीलिप अग्रवाल, बिन्दुनाथ लोहनी र प्रदीपराज पाण्डेको सहभागिता रहेको कम्पनीले जनाएको छ ।