कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
315


वाणिज्यलाई स्वस्फुर्त रूपमा सञ्चालनमा कुरियर व्यवसायीले प्रत्यक्ष सहयोग पुरयाउँदै आएका छन् । त्यही कुरियरमार्फत हुने लागूऔषध ओसारपसार नियन्त्रण अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यो दिवस नेपालमा सप्ताहव्यापी रूपमा मनाइने गरिन्छ । कुरियर व्यवसायीहरूका छाता सगंठन नेपाल कुरियर सेवा संघ ‘कोसान’ र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाका अनुसार कुरियरमार्फत निर्यात हुने विभिन्न सामानमध्ये माटोका भाँडामा लुकाइ छिपाइ हालसम्म उच्च परिमाणको ६६९ केजी चरेस भेटिएको जानकारी दिएका थिए । लागूऔषध तस्करीहरू कुरियर व्यवसायीहरूलाई झुक्क्याइ हेरोइन, कोकेन र गाँजाजस्ता युवा पुस्ताको जीवन तहस तहसनहस गर्ने पदार्थ ओसार पसार नियन्त्रणमा सबै व्यवसायी सजग रहनुपर्ने उनको जिकिर थियो । लागू औषध नियन्त्रण ब्युरो यस प्रकारका अनैतिक कार्य रोक्न सधैं सचेत छ । त्रिभुवन विमान स्थलमा आयात/निर्यातका माल वस्तुमार्फत यस्ता पदार्थको कारोबार रोक्न विशेष एक्स–रे मेसिन प्रयोगमा ल्याइएको जानकारी दिएका छन् ।
यसले समेत यसतर्फका व्यवसायी प्रयोग भई लागूऔषध ओसार पसार धेरै हदसम्म कम हुन सहयोग पुगेको छ भने यस प्रकारका तालिम सञ्चालनबाट कुरियर व्यवसायी र तिनका कर्मचारीमा समेत चेतना बढ्दै गएको आफ्नो धारण राखेका थिए । तर, भविष्यमा यस प्रकारका घटनाका अनुसन्धानको क्रममा व्यवसायी र तिनका कर्मचारीको प्रत्यक्ष संलग्नता नदेखिएसम्म शंकाको भरमा कानुनी कारबाही नवडाइने उनले प्रतिबद्धता जनाएका छन् । त्यस्तै व्यवसायीहरूले विगतमा यस प्रकारका कारोबार रोक्न ब्युरोलाई पुरयाएको सहयोग प्रतिआभार व्यक्त गरेका थिए ।
कोसानका अध्यक्ष गोविन्द ढुंगेलका अनुसार लागूऔषध कारोबार नियन्त्रणमा व्यवसायी र ब्युरोबीच सूचना आदान–प्रदानका पारस्परिक सहयोग चली आएको अवगत गराउँदै वार्षिक एक पटक मात्र आयोजना गरिने प्रशिक्षण कार्यक्रम प्रत्येक महिना सञ्चालन हुनुपर्ने आवश्यकताप्रति सबैको ध्यानाकर्षण गराएका थिए ।
यसतर्फका व्यवसायीले शंकाशपद लागेका सामान भेटिए तुरुन्तै ब्युरोलाई नडराई सूचना दिएमा अवैध कारोबार नियणत्रणमा सहयोग पुग्ने उनले बताए छन् । त्यस्तै सघंका वरिष्ठ उपाध्यक्ष अनिलराज भण्डारीले निर्यात हुने सामानमा लागूऔषध भेटिए अनुसन्धान बिना कम्पनीमा कर्मचारीले अनाहकमा दुःख पाउने क्रम रोकिनु पर्न बताएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रम सघंका पूर्वअध्यक्ष तथा कुरियर विज्ञ नरेन्द्र खतिवडाले नेपाली निर्यात व्यापारलाई बदनाम गराउँदै लागूऔषध कारोबारी प्रतिसचेत रहन सबैलाई आग्रह गर्दै यदि पटके ग्राहक अस्वाभाविक तौल भएको सामान निर्यात गर्न खोजेमा ब्युरोमा खबर गर्न आग्रह गरेका थिए ।