कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
375

राजधानीको भृकुटीमण्डपस्थित सुज ग्यालरीको सोरुम (रिपोटर्स क्लब अगाडि) मा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफरअन्तर्गत २ सय ५० रुपैयाँमै चप्पल ५ सय रुपैयाँमै जुत्ता खरिद गर्न सक्नेछन् । साथै १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था छ ।
यो अफर असार ८ गतेदेखि सीमित अवधिसम्म चल्ने आयोजकले जनाएको छ । सुज ग्यालरीले नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ नेपाली चर्चित ब्रान्डहरू बीएफ डियरहिल, कोसेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजीक लगायतका ब्रान्डहरू एकै छानामुनि बिक्री गर्दै आइरहेको पनि आयोजकले जनाए । ‘बिग डिस्कान्ट बिग अफर’ सार्वजनिक गर्दै सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भने, “हामीले नेपाली जुत्ता तथा चप्पलहरूप्रति रुचि राख्ने ग्राहकहरूको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता अफरहरू ग्राहकसामु ल्याइरहेका छौं, यसैअन्तर्गत यो ‘बिग डिस्कान्ट बिग अफर’ ल्याएका र्छौं । यसले ग्राहकहरूमा नेपाली जुत्ता तथा चप्पलहरू खरिदमा आकर्षण बढ्छ भन्ने बिश्वास लिएका छौं र आगामी दिनमा पनि यस्ता अफरहरू ग्राहकसामु लिएर आउने छौं ।”