कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
274

विश्वको नम्बर एक गायन रियालिटी सोको नेपाल संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन–२’ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भ्वाइस अफ नेपाल सिजन–२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ । नेपालकै इतिहासमा युनाइटेड सिमेन्ट्स नै प्रथम स्वदेशी ब्रान्ड हो जसले यति ठूलो तथा विश्व चर्चित गायन रियालिटी शोमा टाइटल स्पोन्सरको भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ । “विश्वको नम्बर एक गायन रियालिटी सो भ्वाइसको टाइटल स्पोन्सरका रुपमा युनाइटेड सिमेन्ट्सजस्तो अग्रणी ब्राण्डलाई अनुबन्ध गर्न पाउँदा निकै हर्ष लागेको छ,” कार्यकारी निर्देशक कडेलले भने, “नेपाली संगीतको प्रबद्र्धनमा युनाइटेड सिमेन्ट्सको सहकार्य प्रसारण क्षेत्रमा निकै अर्थपूर्ण हुनेछ ।” योसँगै भ्वाइस अफ नेपाल सिजन २ मा दुई जना कोच फेरिएका छन् । सिजन २ मा चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) र लोकप्रिय गायिका आस्था राउत कोचका रुपमा भित्रिएका छन् । उहाँहरूसँगै दीप श्रेष्ठ र प्रमोद खरेलसहित ४ जना कोच यो सिजनका लागि अनुबन्ध भएका छन् । झन्डै २३ हजार प्रतिभाले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा बिभिन्न छनोट चरण पार गरी सयभन्दा बढि प्रतिभाहरू ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।