कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
297

नेपाली महिला फुटबल अबको केही वर्षले के कस्तो गन्तव्य छुने छ, त्यो धेरै अर्थमा एक खेलाडीमा निर्भर हुनेछ, तिनी हुन्, सावित्रा भण्डारी । उनी ब्राजिली फुटबलका प्रशंसक हुन्, त्यसैले आपैmंले आपैmंलाई ‘साम्बा’ भन्न पनि रुचाउ“छिन् । ‘साम्बा’ भन्ने, तर खेल भने औसत ? त्यो त हुनु भएन् नै । धन्न, सावित्रा त्यस्ती छैनन् । सन् अस्सीबाट नेपालमा महिला फुटबलमा जग बसेको मानिन्छ र त्यसयता नेपालले पाएका अब्बल दर्जाका एक खेलाडीमा पर्छिन्, उनी ।
सफल हुनु र चर्चामा रहनु दुई फरक परिस्थिति हो, सावित्रा भने उनी दुवैमा दरिलोस“ग उपस्थित छिन् । एउटा तथ्य के निश्चित छ भने नेपाली महिला फुटबलमा अभैm धेरै हुन बा“की छ, अझ भनौं केही भएकै छैन् । ठीक यही बेला नेपाली फुटबलले ठूल ठूला सपना पनि त बुनेको छ, साफ च्याम्पियनसिप मात्र जित्ने होइन, दक्षिण एसियाको घेरा तोडेर एसियाली फुटबलसम्म पहु“च राख्ने । भलै नेपाली पुरुष फुटबलले यति सपना देख्न सक्दैन् ।

महिला फुटबलले त सक्छ । यी दुई फरक परिस्थितिमा आश भनेर उभिएकी खेलाडी हुन्, सावित्रा । घरेलु फुटबलमा एपीएफबाट खेल्दा होस् अथवा नेपालको राष्ट्रिय टिमबाटै, खेलाडीको एक हुलबाट उनी ठ्याक्कै फरक देखिन्छिन्, अरू भन्दा तीव्र, चुस्त र स्तरीय । यसैमा टिकेर उनी वर्ष २०७५ मा लगातार चर्चामा पनि रहिन् । चर्चा त कतिसम्म भने उनको जत्तिको लोकप्रियता त अहिलेको पुरुष खेलाडीले पनि विरलै मात्र पाएका छन् होला ।
यस्तोमा उनी ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्टस एजडी प्रिजेन्स बजाब पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयमा नपर्ने त प्रश्न नै भएन् । स्पोर्टस अवार्डको यो विधामा पा“च प्रत्यासी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा । सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।
निश्चित छ, उनी यो अवार्डका लागि निकै बलिया प्रत्यासी हुन् । अहिले यहीं रोकिएर केही वर्ष पछाडि फर्कांै न । लगभग पा“च वर्ष अगाडिसम्म उनी गुमनाम जस्तै थिइन् । लमजुङको पाच्चोक स्कुलको मैदानमै सीमित उनको प्रतिभा त्यतिबेला फल्ने र फुल्ने अवसर पायो, जति बेला उनी एपीएफस“ग आवद्ध भइन् । लमजुङ छ“दाका दिन सम्झना अहिले त्यो सबै कथा जस्तो हुन सक्छ, अरू महिला खेलाडी नै नभएको, पुरुष खेलाडीस“ग खेल्न बाध्य, आदि ।
एकपल्ट उनी साथीहरू बटुलेर घले गाउ“मा फुटबल खेल्न गइन् र त्यहा“बाटै उनको खेल जीवनले नया“ र निर्णायक मोड लियो । त्यहीं उनी पहिलोपल्ट धेरैको नजरमा परिन, त्यसयता बा“की के भयो, त्यो त अब सबैलाई थाहा छ । त्यस दिनदेखि उनले तय गरेको काठमाडौं यात्राका लागि गज्ज्ब शब्द प्रयोग गर्नु कन्ज्युसाइँ हु“दैन । अवार्डको प्रत्यासीमा आप्mनै नाम देख्दा उनी सुरुमा स्तब्ध भइन, पछि लाग्यो, यो एक प्रकारले उनको मेहनतका कदर पनि हो ।
वर्ष २०७५ मा सावित्राकै गतिलो योगदानका कारण नेपाल भारतमा भएको हिरो गोल्डकपको फाइनलसम्म पुग्यो । त्यसै क्रममा नेपालले पहिलो पल्ट भारतलाई हरायो । विराटनगरमा भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल फेरि एकपल्ट फाइनलमा भारतस“ग पराजित रह्यो, तर उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमै छिन् । एपीएफले नै वर्ष २०७५ मा लिग जित्दा उनी सर्वाधिक गोलकर्ता मात्र भइनन्, उत्कृष्ट खेलाडी पनि रहिन् ।
नेपालले पहिलो पल्ट ओलम्पिक्स छनोटको दोस्रो चरण तय गर्दा पनि सावित्राको भूमिका कम थिएन् । उनी भन्छिन्, ‘यस्तो स्पोर्टस अवार्डले खेलाडीको मनोबल बढाउने गर्छ । हामीले नेपाली महिला फुटबलमा गर्नुपर्ने अभैm धेरै छ । सबैभन्दा पहिला हामीले वुमेन्स साफ च्याम्पियनसिप जित्नु छ र यसका लागि म कडाभन्दा कडा मिहिनेत गर्नु तयार छु ।’