कारोबार संवाददाता
आइतवार, असार १, २०७६
268

नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्ति लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका–३१ का वडा अध्यक्ष नारायणप्रसाद भण्डारीको स्वास्थ्य परीक्षण गरी गरिएको थियो । उनले आनले यस्ता कार्यक्रमहरूको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुरयाएको योगदानको पनि प्रशंसा गरेका थिए । यसका साथै मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरको थिए । आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा आनका वर्तमान तथा पूर्वपदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।