कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
278

 विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाइन्सहरूका नवीन तथा उत्कृष्ट उत्पादनहरू नेपाली उपभोक्ताहरू माझ बिक्री–वितरण गर्दै आएको बाल्ट्राहोम एप्लाइन्सेस्ले राजधानीको कान्तिपथमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेको छ । बुधबार शुभारम्भ गरिएको बाल्ट्राको शोरुमलाई नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी थिइन् ।
बाल्ट्राका उत्पादनहरूको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरूले एउटै छतमुनि बाल्ट्राका सबै उत्पादनहरू खरिद गर्न सक्नुहुनेछ । इलेक्ट्रोनिक तथा घरेलु सामानहरूमा विविध र नवीन उत्पादनहरू उत्पादन गर्दै आएको बाल्ट्राहोम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरूको मन जित्दै आएको छ र शिघ्रनै बाल्ट्राले देशका विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने लक्ष्य लिएको छ ।