कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
283

सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जीएसए भई विगत सेप्टेम्बरदेखि सञ्चालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कुल ७५ जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समूह भएका भोला सापकोटा पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारीलगायत सलाम एयर तथा आईएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो पवित्र सामाजिक कार्यमा सरिक हुनुहुने सबैलाई अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका थिए ।
सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आईएमई ट्राभल्स तथा सलाम एयर काठमाडौंका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जनाए । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई ट्र«ाभल सलाम एयरको नेपाल जीएसए हो ।