कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
145

ग्राहकलाई बिमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा काठमाडौं ग्रुपअफ होटल्स काठमाडौंसँग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले काठमाडौं ग्रुपअफ होटल्सको सञ्जालभित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ७ वटा होटल तथा रिसोर्टमा उपलब्ध हुने फुड एन्ड वेभरेज तथा अन्य होटल सेवामा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरू काठमाडौं ग्रुपअफ होटल्स अन्तर्गतका काठमाडौं गेस्ट हाउस (ठमेल), मायामनोर बुटिक होटल, (हात्तीसार), पार्क भिलेज रिसोर्ट (बूढानीलकण्ठ) वाटर फ्रन्ट रिसोर्ट (पोखरा) हिमालय फ्रन्ट रिसोर्ट (सराङकोट), बुद्धमाया गार्डेन होटल (लुम्बिनी) र मारुनी स्यानचुरी लज (चितवन) गरी विभिन्न स्थानहरूमा अवस्थित सातवटा होटल तथा रिसोर्टहरूमा प्राप्त हुने सेवा सुविधाहरूबाट लाभान्वित हुने पनि कम्पनीले जनायो । सम्झौतापत्रमा ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उपप्रमुख प्रकाशविक्रम खत्री र काठमाडौं ग्रुपअफ होटल्सका प्रबन्ध निर्देशक दिवकर राजकर्णिकरले हस्ताक्षर गरेका थिए ।