अमरराज आचार्य
सोमवार, जेठ २७, २०७६
258

घोराहीका व्यवसायि बद्रीमउदम राइले जिल्लामा उत्पादन भएका तरकारी सहज रूपमा भारतमा निकासी गर्ने नपाएको बताए । “भारतबाट आउने तरकारी सहज रुपमै आउछन तर हामी पठाउन समस्या भोग्नु पर्छ,” राईले । भन्सारका कर्मचारीले विभिन्न बाहानामा दुःख दिने गरेको उनको भनाइ छ । बिचौलियाले सहज रूपमा निकासी गर्छन् तर हामीले तरकारी निकासी गर्न खोज्दा विभिन्न वहानामा फर्काउने गरिन्छ । राज्यले यस ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले कृषि उत्पादन बढाउन राज्यले बास्तविक कृषकलाई अनुदान प्रदान गर्नुपर्ने बताए । “अहिले पनि वास्तविक कृषकहरूले अनुदान प्राप्त गर्न सकेका छैनन,” राईले भने । यसले गर्दा उत्पादनसमेत वृद्धि हुन नसकेको उनको भनाइ छ । अल्लो व्यवसायी इन्द्रा बुढा मगरले उद्योग वाट उत्पादन भएका वस्तुहरू सिल लगाएर पठाउँदा समेत बाटो बाटोमा विभिन्न दुःख दिने गरेको बताइन् ।
“आफूहरूले उत्पादन गरेको वस्तुहरू सहज रूपमा विदेश पठाउ पाएका छैन,” बूढा मगरले भनिन् । सहज रूपमा विदेश पठाउन सकेमा खेर गएको वस्तु प्रयोगमा आएर आय–आर्जनको राम्रो माध्यम वन्ने समेत उनले बताइन् । अहिले अल्लोको सामग्री विदेश जाने गरे पनि आफूहरूले सिधै पठाउन समस्या रहेको बूढा मगरले बताइन् ।

नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने राज्यले नीति ल्याउनुसमेत उनले माग गरिन् । नेपालीहरू आफ्नो उत्पादनभन्दा पनि विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको बताइन् । अहिले हातले अल्लोको धागोबाट विभिन्न वस्तु निर्माण गर्दा लागत बढी हुने गरेको उनको भनाइ छ । यसलाई नयाँ प्रविधिको प्रयोग गरेर अगाडि बढाउनुपर्ने बताइन् जसले गर्दा लागतसमेत घटने बताइन । गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जिल्लामा उत्पादन भएका भारतमा निर्यात गर्नका लागि कोइलावासको भन्सार सञ्चालनमा ल्याउनुपर्ने बताए । यो नाका सञ्चालनमा आएमा सिङ्गो राप्तीवासीहरूलाई समेत सहज हुने उनको भनाइ छ । उनले सडक निर्माण कार्य चलिरहेको र अन्य भौतिक पूर्वाधार निर्माणका लागि अगाडि बढ्नु पर्ने बताए । कोइलावारमा बैंक, ल्याब, कोराइन टाइन, भन्सार कार्यालयलगायतका लागि पूर्वाधार आवश्यक रहेको बताए । यसतर्फ राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
युवा वैज्ञानिक मार्सल रोकाले नेपालीहरू आत्म निर्भर बन्न सक्नुपर्ने बताए । स्थानीय स्तरमा उत्पादन हुने वस्तुका बारेमा स्थानिय स्तरमा जानकारी हुनुपर्ने बताए । “हामी विदेशी ब्रान्डभन्दा स्वदेशी ब्रान्डलाई प्राथमिक्ता देऊ” रोकाले भने । नयाँ–नयाँ विषयलाई प्राथमिक्ता दिएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडेले व्यावसायिक चेतनाको विकास हुन जरुरी रहेको बताए । उद्यमीहरू लाई हेर्ने दृष्टि कोणमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल–भारत क्षेत्रीय व्यापार पारवहन आयोजना समन्वय काठमाडौंले आयोजना गरेको व्यापार सहजीकरण र निर्यात प्रवद्र्धन विषय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल भारत व्यापार तथा पारवहन आयोजनाका व्यापार सहजीकरण सल्लाहकार हिमाल थापाले व्यापार सहजीकरण र निर्यात प्रवद्र्धका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै वस्तु निकास र निकासी प्रवद्र्धनमा भौतिक पुर्वाधारको ज्यादै कमी रहेको, यस क्षेत्रमा औद्योगिक क्षेत्र नभएको विशेष आर्थिक क्षेत्र, संकलन तथा प्रशोधन केन्द्र नभएको समस्या रहेको बताए ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल भारत क्षेत्रीय व्यापार पारवहन आयोजनाका उप सचिव गोगेन्द्रप्रसाद पाण्डेले नाकामा पर्ने जिल्लाहरूमा यस प्रकारको कार्यक्रम सञ्चालन गर्ने गरेको बताए ।