कारोबार संवाददाता
सोमवार, जेठ १३, २०७६
291

किंग्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पूरा गरेको उपलक्ष्यमा पोखराको लेकसाइडमा पारिवारिक वातावरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा एक कार्यक्रमको आयोजना गरी लाउञ्जको औपचारिक सुरुवात गरिएको हो । लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले केक काटेर लाउञ्जको औपचारिक सुरुवात गरेका हुन् ।
लाउञ्जले काठमाडौंमा छोटो समयमा पाएको व्यावसायिक सफलताका साथै पर्यटकीय नगरी पोखरावासीको चहनालाई मध्यनजर गर्दै पोखरामा सेवा सुरु गरिएको लाउञ्जका अध्यक्ष श्रेष्ठले बताए । पोखराबाट किंग्स लाउञ्जले उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि श्रेष्ठले जनाए । काठमाडौंको दरबारमार्गबाट उपलब्ध गराउँदै आएका सेवालाई पोखरामा अझै परिष्कृत रूपमा पस्किने श्रेष्ठको भनाइ छ । लाउञ्जले पाएको सफलताको श्रेय देश तथा विदेशमा रहेका लाउञ्जका सेवाग्राहीलाई दिएका श्रेष्ठले गुनासो गर्ने अवस्था आउन नदिने बताए ।

लाउञ्जले सेवा सुरु गरेको उपलक्ष्यमा तीन दिनसम्म सेवाग्राहीलाई कुनै पनि समयमा २० प्रतिशत छुट उपलब्ध गराउनेछ । बर्थडे, एनिभर्सरी, फेयरवेललगायतका गेट टुगेदर गर्न आउनेहरूलाई लाउञ्जले निःशुल्क केक उपलब्ध गराउनेछ । यसका साथै हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरूलाई ककटेल निःशुल्क उपलब्ध गराउने लाउञ्जले जनाएको छ ।
लाउञ्जको औपचारिक उद्घाटन कार्यक्रममा दीपक बज्राचार्य तथा रिदम व्याण्डका साथै किंग्स लाउञ्ज ब्यान्डले लाइभ प्रस्तुति दिएका थिए । संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेस्टुराँ सञ्चालनमा ल्याइएको हो । खेलप्रेमीहरूलाई लक्षित गर्दै लाउञ्जले १८ फिट लम्बाइ तथा १२ फिट उचाइको फूल एचडी स्क्रीनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको प्रत्यक्ष प्रशारणसमेत गर्नेछ । यसले पोखराका खेलप्रेमीहरूका लागि किग्ंस लाउञ्ज उचित गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।