कारोबार संवाददाता
शुक्रवार, जेठ १०, २०७६
367

एनसेलका ग्राहकले अबभारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्ने भन्दै कम्पनीले भारत भ्रमणमा जादाँ आफ्नो एनसेलसिम साथै लगि मात्र रु १०० मा प्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्ने जनाएको छ । एनसेलले भारत भ्रमणमा जाने आफ्ना ग्राहककालागि आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको भन्दै यस अन्तर्गत एनसेलका ग्राहकले आफु भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवामार्फत सम्पर्कमा रही रहन सक्ने बताएको छ । यस अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथापोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदालिन सक्नेछन् । यो सेवाबाट लाभलिनएनसेलकाग्राहकले आफु यात्रामाजानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतःनविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्ने पनि कम्पनीले जनाएको छ ।