कारोबार संवाददाता
बुधवार, जेठ ८, २०७६
460

सांसद विनोदकुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यस“ग जोडेर भूमिसम्बन्धी कानुन निर्माण हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्नेमा जोड दिए । इन्डस्ट्रियल पार्क, एजुकेसन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवश्यक पर्ने भूमि सहज रूपमा उपलब्ध हुने गरी कानुन निर्माण गर्नु आवश्यक रहेको उनले बताए ।
“उत्पादनशील उद्योगहरूमा लगानी अभिवृद्धि गरी उत्पादन वृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नेहरूलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ,” सांसद चौधरीले भने ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उत्पादनशील क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै भूमिसम्बन्धी कानुन बनाउनुपर्ने बताए । अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल थप खस्किन सक्ने उनको भनाइ थियो ।
औद्योगिक र शैक्षिक सस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बा“की रहेको जग्गाफिर्ता गर्ने सोच राख्नु सही नभएको विश्लेषण गर्दै उनले औद्योगिक क्षेत्रले दीर्घकालीन सोचका साथ मास्टर प्लानतयारगर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिएपनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खा“चो उनले औल्याए । “यदि औद्योगिक प्रयोजनले लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गरिदिन सक्नुपर्छ,” उनले भने । “हामीले के बुझ्नुपर्छ भने लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा कदापी घर बनाएर बस्दैन । उत्पादन बढाउनकै लागि उसले त्यो जमिनको प्रयोग गर्छ ।”
सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डीकरणबाट देशलाई औद्योगीकरण र व्यावसायिक कृषिको जगबसाल्न सम्भव नभएको बताए । मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहँदा उत्पादन वृद्धिको आधारभूत पक्षभूमिको उपयोगसम्बन्धी अवधारणालाई देशको बृहत्तर आर्थिक विकासस“ग जोडेर अगाडि बढ्न आवश्यक छ र यसका लागि यो सही समय भएको पनि सांसद चौधरीले बताएका छन् ।