कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
391

एनसेलले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । नयाँ सहमतिअनुसार इन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुने एनसेलले जनाएको छ ।
एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पु¥याउँदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पु¥याउने लक्ष्य लिएको छ ।

यस सहमति अनुरूप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ सालदेखि ०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्ने पनि जनाएको छ । एनसेलको तर्फबाट वित्तीय प्रमुख कनिष्क गयानविक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट इन्जिनियरिङ अध्ययन संस्थाका डीन प्रा. रामचन्द्र सापकोटाले सोमबार पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रम माझ सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सहमतिअनुसार एनसेलले २०७६ देखि हरेक पाँच वर्षसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ ।
एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका विद्यार्थीहरूलाई उच्च लगन, मनोवल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।
“निकै नै गतिशील यस इन्जिनियरिङ शिक्षा क्षेत्रमा इन्जिनियरिङका प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य हो । यसका लागि प्रतिष्ठित पुल्चोक क्याम्पससँग हाम्रो सहकार्य थप प्रगाढ बनाउन पाएकोमा हामी हर्षित छौं । हामी २१ औं शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरूसँग सहकार्य गर्न चाहन्छौं ।” एनसेलका वित्तीय प्रमुख कनिष्क गयानविक्रमाले भने ।