मनिषा चम्लागाईँ
सोमवार, जेठ ६, २०७६
317

झापाका व्यवसायीले पानी उद्योगमा लगानी बढाएका छन् । शुद्ध पिउने पानी बजारमा पु¥याउने उद्देश्यले व्यवसायीले उद्योगमा लगानी गरेका छन् । झापाका पुराना व्यवसायी मीनप्रकाश मैनाली, सागर मैनाली, हरि मैनाली र सुनिल भण्डारीले झापाकोे बुद्धशान्ति गाउँपालिका– ७ मा ‘सुनमाई झरना’ नामको पानी बजारमा ल्याएका छन् ।
२ करोड ५० लाख रुपैयाँको लागतमा स्थापना भएको पानी उद्योगले उत्पादन गरेर बजारीकरण सुरु गरेको छ । इलामको रोङ गाउँपालिकामा रहेको प्युरे भन्ने स्थानमा रहेको झरनाको पानी चार किलोमिटर दक्षिणमा रहेको उद्योगमा प्रशोधन गरिएको छ । उद्योगबाट दैनिक १२ हजार बोतल र ५ हजार जारमा पानी उत्पादन गर्न सकिने सञ्चालकले बताएका छन् ।

झापामा २५ वटाभन्दा बढी पानी उद्योग सञ्चालनमा छन् । अधिकांश उद्योगले भूमिगत पानी प्रशोधन गरेर बिक्री वितरण गर्ने भए पनि सुनमाई झरनाले भने मुलबाट उत्पादित पानी बिक्री गर्दै आएको छ । व्यावसायिक रूपबाट मात्र नभएर उपभोक्ताको माझ शुद्ध पिउने पानी पु¥याउने उद्देश्यले उद्योगको स्थापना गरिएको एकजना सञ्चालक सागर मैनाली बताउँछन् । ‘‘हाम्रो पानीको स्रोत नै अरूको तुलनामा फरक छ, सञ्चालक मैननालीले भने, “उत्पादन लागत केही बढी भएपनि झापाका उपभोक्तालाई इलामको शुद्ध पानी उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो ।”
अन्य स्रोतको भन्दा मुहानको पानीमा अक्सिजनको मात्रा पर्याप्त हुनाले पनि झर्नाको पानी स्वादिलो हुने सञ्चालकसमेत रहेका रसायन शास्त्री मीनप्रकाश मैनालीले बताए । “तराई क्षेत्रमा १० फिट गहिराइबाट पानी निकालिन्छ,” मैनालीले भने, “पानीको कुनै परीक्षण गरिएको हुँदैन, यस प्रकारको पानीमा मानव र गाईवस्तुको त्याज्य पदार्थ विस्तारै छिद्राबाट भूमिगत पानीको स्रोतसम्म पुग्ने हुनाले पानी जुनसुकै अवस्थामा दूषित हुनसक्छ यसले गर्दा झापाका उपभोक्तालाई इलामको शुद्ध पानी उपलब्ध गराउने मुख्य उद्देश्य हो ।”
अर्का सञ्चालक सुनिल भण्डारीे पानीको गुणस्तरीयताबारे सबै उपभोक्तालाई सचेत गराउनु पहिलो लक्ष्य भएको बताउँछन् । बजारमा पानी बिक्रीका लागि लाँदै गर्दा केही चुनौती रहे पनि गुणस्तरका कारण उद्योग सफल हुने विश्वास उनले राखे । एक महिना अघिदेखि झापाको बजारमा बिक्री वितरण सुरु भएको सुनमाई झरना प्रदेशको सबै बजारमा पु¥याउने उद्देश्य सञ्चालकको छ । पानी अत्याधुनिक प्रविधिबाट प्रशोध गरिएको कारण स्वास्थ्यका दृष्टिले पनी फलदायी हुने सञ्चालकको दाबी छ ।
बजाररमा बिक्री हुने बोतलको पिउने पानी पनि धेरै जसो तराई क्षेत्रबाट निकालिन्छ । तराई क्षेत्रको पानी उद्योगले पानीमा अक्सिजन मिसाउन नाङ्लो जस्तो छिद« भएको ‘झारी’ बाट पानी ट्यांकिमा झार्छन्, यसरी छोटो दूरी र समयमा हावा मिसाइएको उक्त पानीमा अक्सिजन आवश्यक मात्रमा नहुने विज्ञको भनाइ छ । किटाणु (जम्स) मार्न कतिपय उद्योगमा क्लोरिनेशन गर्ने र पानीमा भएको क्लोरोनले पनि शरीरिक रूपमा असर गर्ने तर, मुहानको पानीमा आवश्यक मिनिरल हुने रसायन शास्त्रका प्राध्यापक जयनारयण मित्रुका बताउँछन् ।
उद्योगमा स्थानीय १५ जनाले रोजगारीसमेत पाएका छन् । ७ जना उद्योग र ८ जना बजार व्यवस्थापनमा खटिएको उद्योगमा कार्यरत समीक्षा राईले बताइन् ।