कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
189

नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ । यो नयाँ योजनाअन्तर्गत एमएडब्लू अर्थमुभर्सले जेसीबी थ्रि डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
एमएडब्लू अर्थमुभर्सले जेसीबी थ्रि डिएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउँदै आएको छ । जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत सहज रुपमा पु¥याउन एमएडब्लू अर्थमुभर्सले फाइनान्स, न्यूनतम डाउनपेमेन्ट, सरल ब्याजदर र डाइरेक्ट एलसी जस्ता सुविधा उपलब्ध गराएको छ ।
यी मेसिनहरू ८५ प्रतिशतसम्म फाइनान्समा उपलब्ध रहेको भन्दै कम्पनीले देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, १३ वटा आधिकारिक बिक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरू लोकप्रिय रहेको पनि बताएको छ ।