कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
84

एकै छानामुनि सस्तोमा सम्पूर्ण खेलकुद सामग्री होलसेल मूल्यमा उपलब्ध गराउने उद्देश्यले पोखराको चिप्लेढुंगामा देवेन्द्र स्पोर्टस् सञ्चालनमा आएको छ । उक्त शोरुमको उद्घाटन पोखराका मेयर मानबहादुर जिसी. तथा महिला भलिबल खेलाडी मञ्जु गुरुङले संयुक्त रूपमा गरेका थिए । व्यावसायिक रूपमा ख्याति कमाएको स्काई ब्रान्डस् नेपालको सहकार्यमा उक्त शोरुम सञ्चालनमा ल्याइएको होे ।
स्काई ब्रान्डस् नेपाल खेल सामाग्री तथा खेलसँग सम्बन्धित संस्था स्थापना तथा सञ्चालनमा नेपालको अग्रणी संस्था हो । स्पोर्टस्सँग सम्बन्धित सबै किसिमका खेल्ने र खेल खेल्दा लगाउने सामग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सो पसल सञ्चालनमा ल्याएको स्काई ब्रान्डस् नेपालका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

पोखरामा चिप्लेढुंगामा खोलिएको यो शोरुमबाट लक्षित वर्गहरू लाभान्वित हुने विश्वास देवेन्द्र स्पोर्टस्ले लिएको छ । यो शोरुमले पसल, विद्यालय र खेलप्रेमीहरूलाई लक्षित गरी सेवा सुरु गरेको हो । सो शोरुमबाट खुद्रामा समेत सस्तो मूल्यमा सामानहरू खरिद गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
सो शोरूममा कम मूल्यदेखि अन्तर्राष्ट्रियस्तरका सबै ब्रान्डेड सामानहरू उपलब्ध छन् । सो शोरुमबाट स्पोर्टस्मा चलेका सबै खाले ब्रान्डका सामानहरू सस्तो मूल्यमा उपलब्ध गराउने प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए । सबै खेल र सबै खेलमा लगाउने गुणस्तरीय सामग्री एउटै छानामुनि पाइनु यो शोरुमको मुख्य विशेषता रहेको उनले जानकारी दिए । स्पोर्टस्सँग सम्बन्धित सबैखाले सामग्री एउटै छानामुनि पाइने भएपछि ग्राहकहरूको समयको बचतका साथै सामान खोज्न चारैतिर भौतारिने पर्ने झन्झटबाट पोखरेलीहरूलाई यस शोरुमले मुक्त गरिदिने उनको भनाइ छ । यो शोरुमको एउटै छानामुनिबाट स्पोर्टस् सुज, जर्सी, खेल खेल्दा लगाउने जर्सी, ज्याकेट, टिसर्ट, ट्रफी, म्युजिकल इन्स्ट्रमेन्टलगायत सबै किसिमका खेल सामग्रीहरू उपलब्ध हुने छन् ।


सातामा धेरै पढिएको