कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
158

ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ ले ‘नितेश जंगकुँवर’को साथमा प्रिभे नेपाल, होटेल सोल्टी क्राउन प्लाजामा आयोजित टुबोर्ग ओपन उद्घाटन कार्यक्रम २०१९ मा प्रस्तुति दिनका लागि नेपाल आएका छन् । उनीहरूको २ दिने नेपाल भ्रमणको पहिलो दिनमा टुबोर्ग ओपन उद्घाटन कार्यक्रम २०१९ मा नितेशजंग कँुवरसँग प्रस्तुति दिएका छन् र उनीहरूको संगीतप्रेमीहरूलाई उनीहरूसँग भेट गरी अन्तरक्रिया गर्ने मौका दिएका छन् ।
टुबोर्गले सामाजिक सञ्जालहरूमा डिजिटल अभियान सञ्चालन गरी इच्छुक दर्शकहरूलाई उक्त कार्यक्रमको पासहरू प्रदान गरेको थियो । अब, नितेशजंग कँुवरले क्लिन ब्यान्डिटलाई काठमाडौंको भ्रमण गराउने कम्पनीले जनाएको छ । दर्शकहरूको अनुभव नै क्लिन ब्यान्डिटको नेपाल भ्रमणको पहिलो प्राथमिकता छ जहाँ, उनीहरू नितेशको संगीत झल्किने स्थानिय संस्कृतिमा झुम्नेछन् ।

क्लिन ब्यान्डिटले नेपालमा नितेशजंग कँुवरसँग बिताएको अनुभवहरू झल्काउँदै उनीहरूले नयाँ ट्र्याकका लागि सांगीतिक सहकार्य गर्नेछन् । नेपाल भ्रमणबारे ज्याक प्याटेरसन्ले भने, “स्थानीय संगीत संस्कृतिबारे नयाँ कुराहरू सिक्नका लागि काठमाडौंको विभिन्न ठाउँहरू घुम्नेछौं ।
नयाँ ठाउँ र व्यक्तिहरू भेट्नु निकै अविस्मरणीय अनुभव रहनेछ र हाम्रो संगीतप्रेमीहरूसँग भेट गर्न पाउँदा निकै उत्सुक छु ।” सांगीतिक सहकार्यको माध्यमबाट क्लिन ब्यान्डिट र नितेशजंग कुँवरले मानिसहरूलाई आफूलाई थाहा भएको र मनपर्ने बाहेक नयाँ शैली र अनुभवहरूका लागि खुला रहन प्रेरणा गर्ने आशा राखेका छन् । टुबोर्ग ओपनले विश्वभरका मानिसहरूलाई नयाँ शैली र अनुभवहरूका लागि खुला रहन र ती अनुभवहरू अरूसँग साट्न प्रोत्साहन गरेको छ ।

 


सातामा धेरै पढिएको