कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
390

दोहा, कतार–रमादानको पवित्र महिनाको अवसरमा, कतार एयरवेजले कतार च्यारिटीसँगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी काठमाडौंमा अभावमा रहेका परिवारहरुलाई अत्यावश्यक खाद्य सामग्री प्रदान गरेको छ । उक्त कार्यक्रम ११ मे २०१९ शनिबारको दिन काठमाडौंको कमलादीस्थित सीडब्लू पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।
सो कार्यक्रममार्फत प्रत्येक परिवारले २५ किलो चामल, ३ किलो चिनी, ५ किलो पिठो, ३ किलो चना, १ किलो नुन, १ किलो सनफ्लावर सिड्स र ५ लिटर सनफ्लावर तेल प्राप्त गरेको जनाएको छ ।

नेपालका लागि कतार एयरवेजका स्थानीय प्रमुख मोहम्मद एल इमामले भने, “यहाँ काठमाडौंमा यी परिवारहरुलाई अत्यावश्यक सामग्री उपलब्ध गराई सहयोग गर्ने अवसर पाउँदा हामी अत्यन्तै खुसी छौं ।”
कतार च्यारिटीसँगको सहकार्यमा आयोजित यस अभियान नेपालका जनताहरुप्रतिको हाम्रो प्रतिबद्धता प्रदर्शन गर्ने एक माध्यम पनि हो । “रमादानको पवित्र उत्सवले अरूलाई दिनुको महत्वका बारेमा हामीलाई स्मरण गराउँछ र हामी काठमाडौंको स्थानीय समुदायलाई सहयोग पु¥याउने मौका प्राप्त गर्दा निकै हर्षित छौँ ।”