कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
215

रोयल पेन्ट्स प्रालिको ग्राहक उपहार योजनाअन्तर्गत बम्पर उपहार ३५० सीसीको बुलेट बाइक बिर्तामोडको सत्य नारायण हाडवेयरका ग्राहक सुनिल शाहले जितेका छन् । रंङ उत्पादनको क्षेत्रमाम छोटो समयमा नै लोकप्रिय बन्न सफल रोयल पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ३५० सीसीको बुलेट बाइक शाहले जितेका हुन् ।
यस्तै योजनाअन्तर्गत दोस्रो पुरस्कार होन्डाको स्कृटर मोरङ विराटचोकको नानोकन इन्टरप्राइजेजका ग्राहक नरेन्द्र भूर्तेलले पाए । तेस्रो पुरस्कार ३२ इन्चको सामसङ एलईडी टिभी ३ जनाले प्राप्त गरे । सौर्य इन्टरप्राइजेज बेंसीसहरका ग्राहक सुकल चौधरी, एबी सप्लार्यस बुटबलका ग्राहक वीरेन्द्र पौडेल र न्यौपाने हाडवेयर चितवन फुर्तिचोकका ग्राहक सुदर्शन लम्सालले यो पुरस्कार प्राप्त गरेको रोयल पेन्ट्सका निर्देशक कृष्ण भण्डारीले जानकारी दिए । यस्तै ६ जनालाई ६ वटा सामसङ जेसेभेन मोबाइल, १० जनालाई १० वटा जेटु सामसङ मोबाइल र २० जनालाई २० वटा राइस कुकर उपहार पाएका थिए ।

 


सातामा धेरै पढिएको