कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
238

हाल काठ्माण्डौंमा सञ्चालन भइरहेका मलहरूको तुलनामा अझ थप सुविधा तथा पूर्वाधारसहित नया बानेश्वर, काठमाडौंमा ५० भन्दा बढी बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरू, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरूको ‘फुडकोर्ट’ युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने ‘इभेन्टजोन’ कफी बारसहितको आइप्लेक्स मल १ महिनाभित्रै सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको छ ।
विशेष गरी काठमाडांैवासीहरूको रहन सहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता व्यापारिक मलहरू सञ्चालनको क्रम दिन प्रतिदिन बढ्दो छ । मनोरन्जन, खानादेखि दैनिक आवश्यकताका सामग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरू वृद्धि हु“दै जान्छन् उत्तिनै सर्वसाधारण उपभोक्ताहरू यसबाट लाभान्वित हुने गरेका छन् साथै व्यावसायिक कारोबारमा आउने अभिवृद्धिले देश विकासमा समेत उल्लेख्य योगदान राख्ने पनि कम्पनीले जनाएको छ ।

 

 

 

सातामा धेरै पढिएको