कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
365

विगत नौ वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले हाल विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाइवर इन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ । यस कम्पनीसँग हाल १०० जीबीपीएसको फाइबर ब्याकबोन छ भन्दै कम्पनीले एयरटेल र टाटाबाट देशका तीन नाकाबाट आफ्नै लगानीमा इन्टरनेटको ब्यान्डविथ भित्रायाएको बताएको छ ।
यसका साथै गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरू आफैंले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको दाबी पनि गरेको छ । अहिलेसम्म नेपालको ७४ वटा जिल्लामा नेटवर्क विस्तार गर्नुका साथै २० वटाभन्दा बढी शाखाको स्थापना गरी करिब ८ सय दक्ष जनशक्तिका माध्यमबाट निरन्तर रूपले आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको कम्पनीले इन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरू बजारमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीले ४० एमबीपीएस गतिको बुलेट जीप्लान मात्र ६ सय ९२ रुपैयाँ प्रतिमहिनाको दरमा वार्षिक ग्राहकहरूलाई उपलब्ध गराउने भएको छ । नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराइएको यो पहिलो पटक हो । यसका साथै जडान खर्च तथा फाइवर केवलमा शतप्रतिशत छुटका साथै धरौटी रकम बुझाउनु पर्ने छैन । यसका साथै खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरूलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।