कारोबार संवाददाता
सोमवार, बैशाख ३०, २०७६
198

हेटौंडामा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले भर्खरै मात्रमा बजारमा ल्याएको ओपीसी सिमेन्टका बारेमा प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यले विभिन्न स्थानमा निर्माण व्यवसायीहरूको सम्मेलनको आयोजना गर्दै आउने क्रममा आइतबार पोखरास्थित सिटी स्क्वायर बैंकेटमा निर्माण व्यवसायीहरूको सम्मेलन आयोजना गरेको छ ।
कार्यक्रममा सम्पूर्ण उपस्थित निर्माण व्यवसायीहरूलाई रिद्धिसिद्धि सिमेन्टको प्रयोग तथा यसको विशेषतासम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका गण्डकी प्रदेश प्रतिनिधि पवनराज बरालले जनाए । कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले रिद्धिसिद्धि सिमेन्टले प्रयोगमा ल्याएको नविनतम प्रविधिले नेपाली सिमेन्ट बजारमा नयाँ किसिमको आयाम खडा गर्ने कुरामा जोड दिँदै कम्पनीको मूल नारा नै ‘गुणस्तर को नयाँ स्तर’ रहेको बताए । यस्तै, कार्यक्रम ब्रान्ड म्यानेजर महतले यसको उपयोगिता, यसको उचित प्रयोग तथा गुणस्तरबारे चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा पोखरा निर्माण व्यवसायी समितिका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष रामबहादुर गुरुङले रिद्धिसिद्धि सिमेन्टले प्रयोगमा ल्याएको रोबो ल्याब एवं लेजरशील प्रविधिले मानवीय त्रुटिबाट हुन सक्ने समस्या रोक्ने भएकाले छिट्टै उपभोक्ताको मन जित्नुको साथै बजारमा हुने गरेका सिमेन्ट चुहावट नियन्त्रण गर्न रोक्दै महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका थिए ।