कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६
753

चैत महिनामा गएको विनाशकारी हावाहुरीले नेपालको बारा क्षेत्रमा अतुलनीय रूपमा धनजनको क्षति पु¥याएको थियो । यसै क्रममा उक्त हावाहुरीले बाराको चैनपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको ५ कोठाका जस्तापाता नष्ट गरेकाले विद्यालयको पठन–पाठनमा निकै कठिनाइ उत्पन्न भएको छ ।
यस विषयलाई ध्यानमा राखी हुलास स्टिल इन्डष्ट्रिजले विद्यालयका लागि आवश्यक जस्तापाताका साथै त्यसमा लाग्ने सामग्रीहरू विद्यालयलाई प्रदान गरेको जनाएको छ ।