कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
411

पेय उत्पादक कम्पनी कोकाकोलाले नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एसपीसीसीसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको छ । ‘क्लिनआवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यसको स्वच्छतालाई बचाइ राख्ने लक्ष्य लिएको जनाएको छ ।
पर्यटन विभागका सामान्य निर्देशक डन्डुराज घिमिरेले भने, “हामीले सगरमाथा सरसफाइ अभियान सुरु गर्न खोजिरहेकै बेलामा कोकाकोला जस्तो कम्पनीबाट यस अभियानमा सामेल हुने उत्साहले हाम्रा लागि विशेष महत्व राख्छ । यस प्रकारको आर्थिक र नीतिगत सहयोग प्राप्त गर्दा कार्यक्रम धेरै नै सफल हुने पक्का छ । नेपाल सरकारले यस किसिमका सहयोगको धेरै नै सम्मान गर्नुका साथै कम्पनीलाई शुभकामना पनि प्रदान गर्छ ।”

अभियानका बारेमा बोल्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मेयर निम दोर्जी शेर्पाले भने, “खुम्बु पासाङ ल्हामु गाउँपालिकाको प्रमुख उद्देश्य वरिपरिका हिमाली भूभागलाई सफा र स्वच्छ राख्नु हो । कोकाकोलालगायतका विभिन्न संघ–संस्थाले सगरमाथा सफा राख्ने अभियानमा सहयोग गर्नुभएकोमा एकदमै आभारी छौं । हामीलाई विश्वास छ कि सबै मिलीकाम गरे यो अभियानपक्कै सफल हुनेछ ।”
“सगरमाथा सरसफाइ अभियान–२०१९ का महत्वपूर्ण स्टेकहोल्डर भएकोमा कोकाकोलालाई हामी नेपाल पर्वतारोहण संघका तर्फबाट मनैदेखि आभार प्रकट गर्न चाहन्छौं । नेपाल पर्वतारोहण संघ हिमाली क्षेत्र सरसफाइमा सुरुवाती दिनदेखि नै सदैव लागि परेको छ । यस अभियानले हाम्रो राष्ट्रिय स्तरमा हुनलागेको नेपाल भ्रमण वर्ष २०२० मा पनि ठूलो टेवा पु¥याउनेमा हामी निश्चिन्त छौं ।
यस साझेदारीका बारेमा बोल्दै सगरमाथा प्रदूषण नियन्त्रण संस्थाका सभापति आङ दोर्जी शेर्पाले भने, “नेपालका विभिन्न सरकारी र गैरसरकारी संघ–संस्था, निजी संस्था तथा पर्यटन विभागका स्टेकहोल्डरहरू मिलेर यति ठूलो मापनमा सगरमाथाको सरसफाइ अभियान गर्न लागेको यो पहिलो पटक हो । कोकाकोला भारत र पश्चिम एसियाको सार्वजनिक मामला, सञ्चार र स्थिरता आयोगका उपाध्यक्ष इश्तेयाक अम्जदले यसै विषयमा बोल्दै भने, “यस अभियानमा सहभागी हुन पाएकोमा हामी आभारी छौं ।”