कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
510

नेपाली युवा उद्यमी मञ्चले लिडर परियोजनास“गको सहकार्यमा ५ औं पटक व्यावसायिक योजना विकाससम्बन्धी कार्यशाला आयोजना सम्पन्न गरेको छ । वेस्टर्न युनिर्भसिटीअन्तर्गत आईभी बिजनेस स्कुलका विद्यार्थीहरूद्वारा व्यावसायिक तालिममार्फत आर्थिक विकासलाई बढावा दिने उद्देश्यका साथ विद्यार्थीहरूकै नेतृत्व र सक्रियतामा अप्रिल २०१९ देखि मे ३ २०१९ सम्म कार्यशाला सञ्चालन गरिएको नेपाली युवा उद्यमी मञ्चकी लिडर परियोजना समितिकी अध्यक्ष उपासना श्रेष्ठले बताइन् ।
नेपाली युवा उद्यमी मञ्चको एउटा मुख्य प्रयासका रूपमा रहेको यस कार्यशालामा ४० जना युवाहरूको सहभागिता रहेको भन्दै उनले विश्वको उत्कृष्ट व्यावसायिक संस्था आईभीद्वारा विकास गरिएको पाठ्यक्रम तथा केश विधिमा आधारित प्रशिक्षण शैलीस“ग खारिएका प्रशिक्षकहरूद्वारा कार्याशाला सहजीकरण गरिएको पनि बताइन् ।

दुई सातासम्म सञ्चालित कार्यशालाको अन्तिम दिन सहभागीहरूले आ–आफ्नो व्यावसायिक योजना नेपालमा खारिएका दक्ष व्यवसायीहरू तथा उद्योग व्यवसायसम्बन्धी विभिन्न संस्थाका प्रतिनिधिहरू माझ प्रस्तुत गरेका थिए ।
लिडर परियाजनाका पूर्व सहभागीहरूले पनि यस छलफलमा स्रोताका रूपमा सहभागिता जनाएका थिए । यस कार्यशालाको आयोजक नेपाली युवा उद्यमी मञ्चनेपालका युवा उद्यमीहरूको छाता संगठन हो ।
सकारात्मक व्यावसायिक सोचलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ सदस्यहरूमा आधारित एक गैरनाफामूलक संस्थाका रूपमा यसको स्थापना भएको हो । नेपाली युवाहरूमाझ विचारको आदान–प्रदान, प्रशिक्षण, तालिम र सहकार्य आदिका मार्फत उत्कृष्ट उद्यमीहरू निर्माण गर्नु यस संस्थाको मुख्य उद्देश्य हो । नेपाल उद्योग वाणिज्य महासंघद्वारा सन् २००३, सेप्टेम्बर २६ मा यो संस्थाको औपचारिक रूपमा सुरुवात गरिएको हो ।