कारोबार संवाददाता
आइतवार, बैशाख २२, २०७६
636

चौधरी ग्रुपले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना विद्यालय स्तरीय राष्ट्रिय फुटबल लिगको प्रायोजन गर्ने भएको छ । प्रतियोगिता आयोजनाका लागि एन्फालेसँग चौधरी ग्रुपसँग सम्झौता पनि गरेको छ ।
प्रतियोगिताको लागि एन्फा र सीजीबीच मंगलबार प्रायोजनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका थिए । यसअघि यो प्रतियोगितालाई कोकाकोलाले प्रायोजन गरेको थियो ।

अब यस प्रतियोगिताको नाम ‘क्विक्स कप’ हुनेछ । प्रतियोगितामा सात प्रदेशको ५२ जिल्लाका करिब १५ सय स्कुलको सहभागिता रहनेछ । पहिलो चरणमा जिल्ला, दोस्रोमा प्रदेश र अन्तिममा राष्ट्रिय स्तरको प्रतियोगिता हुने उक्त कार्यक्रममा बताइयो ।
कार्यक्रममा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजीले फुटबललाई आगामी ५ वर्ष पहिलो प्राथमिकतामा राखेको बताए । युवा विकासको क्षेत्रमा काम गर्ने माध्यम खेलकुद मात्र रहेको पनि उनले बताए । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले २० वर्षअघि आफ्नो कम्पनीले वाइवाइ कप फुटबल आयोजना गरेको प्रसंग निकाल्दै फुटबल नेपालको लोकप्रिय खेल भएकाले आफ्नो समूहले यसलाई फेरि उचाइमा पु¥याउन खोजेको बताए । “१५ वर्षदेखि क्रिकेटलाई प्रवद्र्धन गर्दै आएका थियौं,” उनले भने, “क्रिकेट एउटा उचाइमा पुगिसकेको छ । क्रिकेटमा पनि हाम्रो सहयोग रहिरहनेछ । आगामी ५ वर्ष हामी फुटबलमा विशेष केन्द्रित हुन्छौं ।”
यसैगरी एन्फा अध्यक्ष शेर्पाले सोच र योजनाले मूर्तरूप पाउँदा आफूलाई खुसी लागेको उल्लेख गरे । उमेर समूहको प्रतियोगिता नभएसम्म फुटबल विकास गर्न नसकिने बताउँदै उनले नेपाली फुटबलले एक नयाँ इतिहास रचेको दाबी गरे ।
प्रतियोगिताको विजेताले ५ लाख प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ३ लाख र तेस्रोले २ लाख पाउने छन् । सो अवसरमा प्रतियोगिताको जर्सी पनि सर्वाजनिक गरिएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विद्यालयस्तरीय फुटबल प्रतियोगितालाई चौधरी ग्रुपले प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुपको प्रमुख प्रायोजनपछि ‘क्विक्स अन्तरस्कुल छात्रछात्रा राष्ट्रिय प्रतियोगिता’को नाममा जेठको दोस्रो वा तेस्रो सातादेखि ४ महिनासम्म चल्नेछ । एन्फाका अध्यक्ष शेर्पाका अनुसार एन्फामा आबद्ध ४८ र थप ४ गरी ५२ जिल्लाको सहभागिता रहने प्रतियोगितामा कुल १ हजार ५ सय विद्यालयले प्रतिस्पर्धी गर्ने छन् ।
जिल्लामा छनोट प्रतियोगिता भइसकेपछि प्रदेशस्तरीय हुनेछ । प्रदेशबाट छनोट भएका १६ स्कुलबीच राष्ट्रिय प्रतियोगिता हुने अध्यक्ष शेर्पाले जनाए । विजेताले ५ लाख, उपविजेताले ३ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ पाउने छन् । १६ वर्षमुनिका खेलाडीले प्रतियोगिता खेल्न पाउने छन् ।
सम्झौताअनुसार प्रतियोगिता सञ्चालन गर्न चौधरी ग्रुपले एन्फालाई पहिलो वर्ष ५५ लाख उपलब्ध गराउनेछ । साथै प्रवद्र्धनको सम्पूर्ण पाटो चौधरी ग्रुपले हेर्नेछ । पाँच वर्षे सम्झौताअनुसार प्रतिवर्ष ५ लाखका दरले रकम वृद्धि हुनेछ ।