कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६
510

सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठक काठमाडौंमा सुरु भएको छ । बैठकको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बिहीबार एक समारोहकाबीच चन्द्रागिरिमा उद्घाटन गरेका छन् । बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा सार्क उवासंघद्वारा आयोजना गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख महराले क्षेत्रीय रूपमा आर्थिक समृद्धिका लागि कार्यरत संस्था सार्क उद्योग वाणिज्य संघका गतिविधिले सिंगो दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका उद्देश्यहरू हासिल गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे । दक्षिण एसियाली राष्ट्रहरूबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रमुख अतिथि महराले संघको बैठक यस दिशामा पूर्णरूपमा सफल हुने विश्वास आफूले लिएको बताएका छन् । आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई मजबुद पार्दै यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमा एकीकृत प्रयासको खा“चोसमेत उनले आंैल्याएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको बताइन् । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्कलगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उनले बताइन् । अध्यक्ष राणाले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तारमार्फत यस क्षेत्रको समृद्धि हासिल गर्ने कार्यमा सार्क उवासंघको नेतृत्वदायी भूमिकाको अपेक्षा पनि गरेकी छन् ।
नेपालका लागि पाकिस्तानका राजदूत मझार जोभेदले सार्कलाई समृद्ध क्षेत्र र सुखी जनता अभियानमा अगाडी बढाउनु पर्ने र यसको नेतृत्व सार्क उवासंघ जस्ता संस्थाले लिनुपर्ने सुझाव दिए । सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले सार्क उवासंघको बैठक काठमाडौंमा आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । अध्यक्ष रूवानले सहकार्य, केनेक्टीभिटी, स्वतन्त्र आवात जावत यस क्षेत्रको आर्थिक समृद्धि हासिल गर्ने आधार भएकाले यसका लागि सार्क सदस्य राष्ट्रहरूबीच सामूहिक प्रयासमा जोड दिएका छन् ।
सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष, महासंघका विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष चण्डिराज ढकालले आपसी सहकार्यका क्षेत्रहरू पहिल्याउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पूर्वाधार निर्माण, ऊर्जा, प्राविधिक विकास, सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य र संयुक्त लगानीको खा“चो औंल्याएका छन् । सार्क उवासंघका पूर्वअध्यक्ष दासो उगेन दोर्जी र संघका वरिष्ठ उपाध्यक्ष इफ्तिखार अलि मलिकले आपसी संवाद र छलफलका माध्यमबाट यस क्षेत्रको आर्थिक विकास र समृद्धिका एजेन्डालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । संघको बैठक शुक्रबारसम्म चल्नेछ ।