सरस्वती ढकाल
मंगलबार, बैशाख १७, २०७६
598

देशमा संघीयता लागू भएको दुई वर्ष पुग्नै लाग्दा पनि अधिकांश लगानीकर्तामा उद्योग, व्यवसाय र व्यापारका लागि राजधानी काठमाडौं उपत्यकाप्रतिको मोह भंग हुन सकेको छैन । लगानीको सुरक्षा, जनशक्ति, हावापानी, संगठित वातावरण तथा पूर्वाधारजस्ता सुविधाले उपत्यका र यस आसपासका क्षेत्र पहिलो रोजाइमा पर्ने गरेका छन् । उद्योग विभागको पछिल्लो तथ्यांकले पनि संघीयता लागू भइसकेपछि पनि उद्योगहरू राजधानी केन्द्रित नै भएको देखाएको छ ।देशमा संघीयता लागू भएको दुई वर्ष पुग्नै लाग्दा पनि अधिकांश लगानीकर्तामा उद्योग, व्यवसाय र व्यापारका लागि राजधानी काठमाडौं उपत्यकाप्रतिको मोह भंग हुन सकेको छैन ।
लगानीको सुरक्षा, जनशक्ति, हावापानी, संगठित वातावरण तथा पूर्वाधारजस्ता सुविधाले उपत्यका र यस आसपासका क्षेत्र पहिलो रोजाइमा पर्ने गरेका छन् । उद्योग विभागको पछिल्लो तथ्यांकले पनि संघीयता लागू भइसकेपछि पनि उद्योगहरू राजधानी केन्द्रित नै भएको देखाएको छ ।देशको व्यापारघाटा कम गर्न मूख्य भूमीका खेल्दै आएका अधिकांश निर्यातजन्य उद्योगहरू राजधानी र आसपासमै छन् । देशबाट मुख्य रूपमा निर्यात हुँदै आएका कार्पेट, पस्मिना, फेल्ट, धातुजन्य सामग्री, हस्तकला, तयारी पोसाकलगायत उद्योग राजधानी र आसपासमै सञ्चालनमा छन् । विभागको पछिल्लो तथ्याकंअनुसार आइतबारसम्म दर्ता भएका करिब ७ हजार ८ सय ८० उद्योगमध्ये  काठमाडौंमामात्रै ३ हजार ५ सय १२ छन् । उद्योग विभागले यी उद्योगबाट ५ लाख ९४ हजारको हाराहारीमा रोजगारी सिर्जना हुने अनुमानित तथ्यांक पनि निकालेको छ । ललितपुरमा ८ सय ८७, भक्तपुरमा १ सय ७६ उद्योग दर्ता भएका छन् । उपत्यकाबाहिर सबैभन्दा धेरै उद्योग दर्ता हुने जिल्लामा कास्की ४११, मोरङ २६३, बारा २३९, रूपेन्देही २२८, चितवन २२९, पर्सा १७९,नवलपरासी, पर्सा १४८ १४४, झापा १३३, मकवानपुर ११७ उद्योग रहेका छन् । उद्योग दर्ता संख्याको आधारमा मात्रै नभएर लगानी र रोजागारी सिर्जनाका हिसावले पनि काठमाडौं जिल्ला नै अगाडि छ । आव २०७३-७४ मा पनि ५१० उद्योग दर्ता भएकोमा काठमाडौंमा २२०, ललितपुर ६६, भक्तपुरमा १० उद्योग दर्ता भएका थिए ।

त्यस्तै २०७४-७५ मा दर्ता भएका ४९६ उद्योगमा काठमाडौं नै अगाडि छ । काठमाडौंमा २२०, ललितपुर ५३, भक्तपुरमा ९ उद्योग दर्ता भएका छन् ।तयारी पोशाक उद्योग संघ नेपालका अध्यक्ष चण्डीप्रसाद अर्यालले उद्योगीले लगानी गर्नुभन्दा पहिले लागानीको सुरक्षा खोज्ने भएकोले तुलनात्मक रूपमा राजधानी र आसपासका जिल्ला रोज्ने गरेको बताए । ठूला उद्योगहरूलाई राजधानीमा ठाउँ अभाव भएकोले बाहिर जानुको विकल्प नभएको भन्दै मध्यम र साना खालका उद्योग अझै पनि उपत्यका नै रोज्ने गरेको उनले बताए ।  तयारी पोशाकतर्फ बिराटनगर ४, भैरहवा १ र ३५ वटा काठमाडौंमा सञ्चालनमा रहेको पनि जानकारी दिए । उत्पादनमूलक उद्योगका लागि बजार तथा श्रमिक पर्याप्त पाइने हुनुका साथै सुरक्षाका हिसावले काठमाडौंमा लगानीकर्ता आर्कषित भएको व्यवसायीको भनाइ छ । एयरपोर्ट, सुरक्षादेखि अन्य सुविधाले गर्दा निर्यात उद्योग राजधानी केन्द्रित भएको उनले बताए । विकासले पछाडि परेका जिल्लाहरूमा उद्योग दर्ता निकै कम छ । नयाँ दर्ता हुने उद्योग पनि राधजानीलक्षित छन् भने पुराना उद्योगहरू सरकारले विषेश आर्थिक क्षेत्र (सेज)मा विभिन्नखाले सुविधा दिँदासमेत जान चाहेका छैनन् ।

उद्योग दर्तामा उत्कृष्ट ५ जिल्ला
जिल्ला -- उद्योगको संख्या
काठमाडौं -- ३५१२
ललितपुर -- ८८७
कास्की -- ४११
मोरङ -- २६३
बारा -- २३९
स्रोतः उद्योग विभाग