दिपक बोहरा
सोमवार, बैशाख १६, २०७६
645

गाउँपालिका कार्यान्वय भएसँगै सुस्ताएका ग्रामीण बजामा चहल पहल बढेको छ । गाउँपालिकाको केन्द्र र वार्ड केन्द्रका कारण पुराना बजारहरूमा चहलपल बढ्नका साथै नयाँ बजारहरू स्थापना हुने क्रम छ ।
संघीयताले स्थानीय तहमा सुविधा पु¥याउने लक्ष राखेझै ग्रामीण क्षेत्रको व्यावसायिक क्रियाकलाप बढेर गएको पाइन्छ । खाद्यान्न, लत्तकपडाको व्यापारमात्र होइन होटल व्यवसाय र आधुनिक सामग्रीको बिक्री वितरण परेको छ । व्यापार र सेवा विस्तार हुँदा चहलपहल बढ्दै गएको हो । बजार सुनसान हुन थालेपछि बसाइसराइको मारमा परेका ग्रामीण बजारहरू गाउँमा स्थानीय सरकारका रूपमा गाउँपालिकाहरू आए पछि यस्ता बजारहरूमा चहल पहल सुरु भएको हो ।

एकातिर गाउँका बजारहरूमा चहल पहल सुरु हँुदा जिल्ला सरदमुकाम भने केही सुस्ताएका देखिन्छ । बजार विक्रेन्द्रीकरण भएको देखिन्छ । केन्द्रहरूमा नयाँ–नयाँ घर थपिन थालेका छन् । गाउँपालिका केन्द्रले गर्दा फालेलुङ गाउँपालिकाको थोक्लिम्बमा बजारीकरण बढेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ बताउँछन् । थोक्लिबामा केन्द्र सरेको एक वर्षमा घर तथा व्यावसायिक वातावरण स्थापना भएको छ ।
दक्षिणी रविमा सुविधाको विस्तार हुनका साथै घरहरू बनाउने क्रम जारी छ । जिल्ला सदरमुकाममा भने पहिलाको जस्तो चहल पहल हुन छाडेको छ । सदरमुकाममा हुने अधिकांश कामहरू गाउँपालिकको केन्द्रहरूमा नै हुन थालेपछि जिल्ला सदरमुकाममा चहल पहल कम हुन थालेको हो । स्थानीय स्तरमा लगानी गर्न इच्छुक बन्दै गएका छन् । स्थानीय युवाहरू पनि आफ्नै गाउँघरका स्वरोजगारको बाटोहरू खोज्न थालेका छन् ।
एक नगरपालिका र सात गाउँपालिक रहेको पाँचथरमा स्थानीय सरकार बनेपछि दक्षिण तिरको ग्रामीण बजारहरू मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारसँगै सप्तमी बजार, आरुबोट बजार, कन्याटार, कन्याटार दशमीबजार पहिलेको तुलनामा धेरै चहल पहल बढेको स्थानीयहरू बताउँछन् ।
तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसहित दशमी बजार, ओखरबोटे बजारमा बजारीकरण सुरु भएको दशमी बजारका स्थानीय रविकुमार राईले जानकारी दिए । कुम्मायक गाँउपालीकको यासोकबजार, चौथी बजार याङवरकको थर्पु बजार, फाल्गुनन्द गाउँपालिको घुर्बिसी पञ्चमी बजार, चहलपहल बढेको स्थानीयवासीहरूले बताएका छन् । गाउँपालिकाको केन्द्र मात्र नभएर वडा कार्यलयहरू रहेका स्थानीय ग्रामीण बजारहरूमा पनि साबिकभन्दा धेरै स्थानीयहरूको जम्काभेट हुने गरेको याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहन ढुंगेलले बताए ।
ग्रामीण बजारहरू अहिले व्यापारिक केन्द्रको रूपमा समेत विस्तार हुँदै गएका छन् । ती बजारहरूका साना घरेलु प्रकृतिका उद्योगहरू पनि सञ्चालन हुन थालेका छन् । उद्योगहरू सञ्चालन भएसँगै स्थानीय स्तरमा रोजगारीको पनि सिर्जना भएको छ । ग्रामीण बजारहरूमा आर्थिक कारोबार हुँदा बसाइसराइ रोकिने र ग्रामीण बस्तीहरू समृद्ध हुने उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपालले बताउँछन् ।