कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
369

स्प्राइटको समर क्याम्पेन, स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्तामाँझ उत्साहपूर्ण ढंगले अगाडि बढिरहेको छ । फेब्रुअरी १ देखि सुरु भएको यो रिफ्रेसिङ रिचार्ज क्याम्पेनबाट हालसम्म ४.५ लाखभन्दा बढी विजेताहरूले टक टाइम जितिसकेका छन् र उपभोक्ताबाट पनि उत्साहपूर्ण प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएको छ । उपभोक्ताहरूले २५० एमएलको शिशाको बोतलको कोका–कोला, स्प्राइट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडा किनेर १० देखि १० हजार रुपैयाँसम्मको टक टाइम जित्नुका साथै सामसङ ग्यालेक्सी नोट ९ पनि जित्न सक्नेछन् ।
गोरखाका प्रकाश गुरुङ, बनस्थलीका भुवनसिंह तामाङ, बनस्थलीका राजकिशोर सिंह, अनामनगरका कुमार गिरी, सिनामंगलका प्रदीप गैरी, चाबहिलका राजकुमार लिम्बू, माच्छापोखरीका विनोद नेपाल, झापाकी एलिना सुवेदी ललितपुरका प्रेम शोभा तन्दुकरले सामसङ ग्यालेक्सी नोट ९ जितेका छन् ।
विजेताहरू सामसङ ग्यालेक्सी नोट ९ प्राप्त गर्दा खुसी भएका थिए र यस्तो अद्भूत योजना ल्याएकोमा कोका–कोला कम्पनीलाई धन्यवाद प्रकट गरेका छन् । सहभागीहरूको उत्साहपूर्ण प्रतिक्रियासँगै, कम्पनीले यस योजना अवधिलाई थप गरेर महिनाको अन्त्यसम्म अर्थात ३० अप्रिलसम्म पु-याएको छ । त्यसैले तपाईंले अहिलेसम्म सहभागिता जनाउनु भएको छैन भने छिटो गर्नुहोस् र सामसङ ग्यालेक्सी नोट ९ जित्ने मौकाको फाइदा उठाउनुहोस् ।