कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
419

केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्रान्डको आफ्नो नयाँ उत्पादन चनाको सातु देशभर उपलब्ध गराएको छ । हाल यो ५ सय ग्रामको प्याकमा उपलब्ध छ । ज्ञान चनाको सातु उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटी, पिसी मेटालिक प्याकेटमा प्याक गरिएको भन्दै ज्ञान सातुलाई पानीमा घोलेर स्वादअनुसार विरेनुन वा साधानुन, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जी ड्रिङ्कका रूपमा सेवन गर्न सकिने वा पानी र दूधसँग घोलेर बाक्लो हलुवाका रूपमा पनि खान सकिने कम्पनीले जनाएको छ ।
यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ । यो पेट र पाचनका लागि राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शीतलता प्रदान गर्नुका साथै शरीरमा स्फूर्ति प्रदान गर्दछ । ज्ञान सातु एक स्वच्छ, स्वादिष्ट तथा पौष्टिक आहार हो, जसमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ ।