कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
323

रोयल काठमाडौं हिमालयन बेभरेज प्रालिले यस वर्ष सञ्चालन गरेको ‘लक्की ड्र’ कार्यक्रम खुला गरेको जनाएको छ । उपत्यकाका लागि मात्र सञ्चालन गरिएको ‘लक्की ड्र’ कार्यक्रम सोमबार काठमाडौंमा खुला गरिएको हो । ‘लक्की ड्र’मा समावेश गरिएका ५ हजार कुपनबाट प्रथम पुरस्कार पल्सर १५० सी सिमोटर वाइकप्राप्त गरी पुरानो ठिमी, सुनिमा स्टोर काउज्जल राई भाग्यमानी सावित भएको पनि कम्पनीले जनाएको छ ।
उनलाई कम्पनीका अध्यक्ष गणेश चापागाईंले पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका बिक्री वितरण प्रमुख मिलन शर्माले उक्त अवसरमा शुभकामना मन्तव्य दिँदै आफ्ना उपभोक्ता र ग्राहकवर्गमा यस कम्पनीद्वारा उत्पादित वाइनहरु उपभोग र बिक्री प्रतिथप उत्प्रेरणा र हौसला प्रदान गर्न ‘लक्की ड्र’ कार्यक्रम सञ्चालन गरिएको बताए । शर्माले उपभोक्ताले कम्पनीद्वारा उत्पादित वाइन अत्यधिक रुचाएको र यसले गर्दा विदेशी वाइन आयातमा कमी भई राष्ट्रको आर्थिक हितका लागि समेत राम्रो भएको पनि बताए ।