सरस्वती ढकाल
शुक्रवार, चैत्र २९, २०७५
537

स्वदेशी लगानीकर्ताको मनोबल बढाउँदै विदेशी लगानी आकर्षित गर्न सरकारले हालै तेस्रो लगानी सम्मेलन पनि सम्पन्न गरेको छ । सरकार र निजी क्षेत्र दुवैका विश्लेषणमा सम्मेलन सफल पनि भएको छ ।

देशमा लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य भइसकेको छ । दुईतिहाई बहुमतप्राप्त सरकार बनेको पनि एक वर्ष नाघिसकेको छ । बलियो सरकारसँगै देशमा लगानीका लागि वातावरण बन्नेछ भन्नेमा जो कोही पनि आशावादी छन् । यसबीचमा स्वदेशी तथा विदेशी लगानी आउने अपेक्षा बढी नै थियो । तर, अपेक्षित लगानी भित्रिन नसके पनि सरकारले कुनै प्रयास नै नगरेको भने होइन ।
स्वदेशी लगानीकर्ताको मनोबल बढाउँदै विदेशी लगानी आकर्षित गर्न सरकारले हालै तेस्रो लगानी सम्मेलन पनि सम्पन्न गरेको छ । सरकार र निजी क्षेत्र दुवैका विश्लेषणमा सम्मेलन सफल पनि भएको छ । देश लगानीका लागि सही बाटोमा अगाडि बढीरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भन्दै आएका छन् । हरेकजस्तो निजी क्षेत्रका कार्यक्रममा सहभागी हुँदा देशमा लगानी गर्न र बढीभन्दा बढी रोजागारी सिर्जना गर्दै लाभ लिन हौसला दिँदै आएका हुन्छन् उनी । बिहीबारमात्रै नेपाल उद्योग वाणिज्य महासंघको ५३ आँं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नयाँ क्षेत्रमा लगानीका लागि प्रेरित गर्दै त्यसका लागि नीतिगत रूपमा गर्नुपर्ने सुधारका लागि सरकार तयार भएको प्रतिवद्धता जनाए । दुई दिनअघि पनि नेपाल उद्योग परिसंघको साधारणसभामा प्रधानमन्त्रीले यसरी नै व्यवसायीमा उत्साह भर्ने काम गरेका थिए ।

प्रधानमन्त्री ओलीले देशमा उद्योगी व्यवसायीहरूलाई नयाँ साँेचका साथ काम गर्न आग्रह गर्दै आएका छन् । देशको अर्थतन्त्रमा सुधार हुने, रोजागारी सिर्जना हुने र बढी भन्दा बढी नेपालीलाई लाभ हुने काममा सरकार सघाउन सधैं तयार रहेको बताएका छन् । नेपालमा लगानी गर्दा उचित प्रतिफल पाइनुका साथै अन्य देशको तुलनामा युवा श्रम शक्ति सस्तो भएकोले काम गर्न सहज छ । नेपाल अहिले आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । राजनीतिक संक्रमणकाल पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारसँगै निजी क्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा नेपाल जुटेको छ । श्रम गर्न सक्ने जनशक्ति पर्याप्त मात्रामा रहेको, विद्युत् भार कटौतीको समस्या हल भएको, औद्योगिक वातावरण निर्माण भएकोले देशमा काम गर्न वातावरण सहज बन्दै गएको छ । नेपाल विश्वका लगानी कर्ताको लागि उपयुक्त देखिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष भवानी राणा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर सिर्जनाका निम्ति नीतिगत एवं प्रक्रियागत सुधार गर्दै लगानीको वातावरण तयार गर्न सरकारीस्तरबाट भएका प्रयासको सह्रना गर्छिन् । सँगसँगै विदेशी लगानीकर्तालाई आव्हान गरिरहँदा स्वदेशमा लगानीका क्रममा देखापरेका अप्ठेराहरूमा पनि ध्यान दिनुपर्ने उनको अनुरोध छ । व्यवसायीहरू स्थानीय उद्योग र व्यवसायप्रति उत्साहित, सकारात्मक र सहयोगी बन्न सक्ने खालको नीतिगत व्यवस्थामा ध्यान दिनुपर्ने उनले बताइन् । लगानीका लागि पुँजीको अभाव, सेयर बजारमाको अवस्था निराशाजनक, जमिन किनेर उद्योग व्यवसाय गर्दा लागत धेरै पर्ने हुँदा अर्थतन्त्रलाई प्रस्तिस्र्धी बनाउन देखिएका समस्यालाई सम्वोधन गरिनुपर्नेमा उनको जोड थियो । विदेशी लगानीकर्ता भित्रिने स्वदेशी लगानीकर्ताकै माध्यमबाट भएकोले पहिलो प्राथमिकता स्थानीय उद्योगी तथा व्यवसायीलाई दिनुपर्छ । देश भित्रको पुँजीले धान्न नसक्ने ठूलो खालका परियोजनमा भने विदेशी लगानी ल्याउनु जरुरी छ ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको मौसमको अवस्थाले जुनसुकै अवस्थामा पनि सहजै काम गर्न सकिने खालको भएकोले यहाँ जस्तोसुकै काम गर्न पनि सकिने बताउँछन् । “नेपालको मौसम विश्वकै एकमात्र त्यस्तो मौसम हो, नेपालको मौसमबाट विश्वका सबै मानिस प्रभावित हुने गरेका छन्,” उनी भन्छन् । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अघिल्लो साता राजधानीमा आयोजित लगानी सम्मेलनबाट देशको औद्योगिक उन्नयनमा ऊर्जा थपेको उनको विश्वास छ । हालै सम्पन्न लगानी सम्मेलनले नेपाल लगानीका लागि उचित देश हो भन्ने सन्देश तीन दर्जन भन्दा धेरै देशमा पुगेको र लगानीको लागि आसय पनि आएको छ । आशय प्राप्त देशबाट लगानी ल्याउन अब सरकारले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । स्थायी सरकार, संविधानको कार्यान्वयन, लगानी सम्मेलन लगायतले देशमा लगानीका लागि मार्ग प्रस्तस्त गरेको छ । अब व्यवसायमैत्री ऐन कानुन बनाउन र भएका पुराना कानुनहरू संशोधन गर्न ध्यान दिनुपर्छ ।
यसै साता निर्वाचित परिसंघका नवनियुक्त अध्यक्ष सतिशकुमार मोर पनि देशमा लगानीका लागि वातावरण बन्दै भएको बताउँदै प्रतिफल लिन सकिने देशको सुचिनमा नेपाल रहेको बताउँछन् । उनकै पहलमा नेपालमै पहिलो पटक ठूलो रकमको विदेशी लगानी होङसी सिमेन्टमा आएको थियो । विगतका तुलनामा काम गर्न सहज बतावारण बन्दै भएको भन्दै उनले कानुनी सुधार समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झन्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश गएको छ ।