कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५
461

ग्रिल तथा स्टिल व्यवसायी महासंघमा छैटौं पटक मोहन कटुवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको २५ औं वार्षिक साधारणसभा तथा ८ औं राष्ट्रिय महाधिवेशनबाट निर्विरोध कटुवालको नेतृत्वमा ३१ सदस्यीय पदाधिकारी एवं सदस्यको कार्यसमिति चयन भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा निरञ्जनकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ठूलोबाबु श्रेष्ठ, उपाध्यक्षहरू केदार अधिकारी, अमृतबहादुर श्रेष्ठ, लिलाबहादुर खड्का, रुपेन्द्र बानियाँ शिव, ईश्वर खड्का, नारायण श्रेष्ठ, विष्णुमाया उचाही, टिकेन्द्र पौडेल, रणबहादुर विश्वकर्मा छन् । त्यस्तै महासचिव विवेकदास श्रेष्ठ, सचिव–समसुदिन श्रेष्ठ, सह–सचिव भोजराज खड्का, कोषाध्यक्ष कमलमान श्रेष्ठ, सह–कोषाध्यक्ष– मोहन श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरूमा जीवन भट्टराई, रमेश डंगोल महर्जन, मोहनकुमार श्रेष्ठ, भगीरथ लुइँटेल, नुमाकान्त भुसाल, अर्जुन बोहरा, डीआर पौडेल प्रकाश, सुवास तिरुवा, मुकुन्द भट्टराई, किशोर खाइतु, बज्रसुरज आङ्दाम्बे, पदमबहादुर श्रेष्ठ, रामबहादुर श्रेष्ठ र दीपक आचार्य छन् ।