कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५
362

शंकर गु्रपको उत्पादन राइनो ५०० डीको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ । उक्त कार्यक्रम “हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशको साथ नारायणघाटमा आयोजना गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरु माझ राइनो फलामे छडको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतीकरण पेस गरिएको थियो । उक्त उत्पादनको बारेमा बोल्ने क्रममा राइनो स्टिल्सका ब्रान्ड म्यानेजर निरज बानियाँले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र साथमा कसरी यसको उत्पादन प्रक्रियाले छडको गुणस्तर निर्धारण गर्दछ भन्ने कुरा विस्तृत रूपमा बुझाए । रासायनिक तथा यान्त्रिक गुणले कसरी फलामे छडको ग्रेड (स्तर) र गुणस्तरमा प्रभाव पार्दछ भन्ने कुराको पनि थप जानकारी उनले दिए ।
त्यसैगरी कम्पनीले हालै सुरुवात गरेको ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ नामक फलामे छडको डक्टिलिटी (लचकता) सम्बन्धी नयाँ जनचेतना अभियानका बारेमा पनि उपस्थित महानुभवहरु समक्ष अद्यावधिक गराइएको कम्पनीले जनाएको छ ।