कारोबार संवाददाता
शुक्रवार, चैत्र २९, २०७५
413

शंकर गु्रपको उत्पादन रिद्धिसिद्धिको आयोजनामा निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यका साथ एक बृहत् अन्तरक्रियात्मक कार्यक्रम यही चैत २७ गते बुधबारको दिन सम्पन्न भएको छ । उक्त कार्यक्रम ‘गुणस्तरको नयाँ स्तर’ भन्ने मूल सन्देशको साथ चितवनमा आयोजना गरिएको जनाएको छ ।
उक्त कार्यक्रममा उपस्थित निर्माणकर्मीहरु माझ रिद्धिसिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतीकरण पेस गरिएको भन्दै उत्पादनका बारेमा बोल्ने क्रममा रिद्धिसिद्धि सिमेन्टका सहायक ब्रान्ड म्यानेजर अनुज महतले यस सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा विशेषताको साथसाथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारेमा बयान गरे ।
नले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरमा जोड दिए । उनले थप प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल एफएल स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारी दिए ।