कारोबार संवाददाता
बिहिवार, चैत्र २८, २०७५
428

देशमा परेको प्राकृतिक विपत्तिलाई दृष्टिगत गर्दै टीबीआई समूहले रक्तदान कार्यक्रम आयोजना गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको टीबीआई समूहले गत साता बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावित घाइतेहरुलाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा समूहमा आवद्ध ४० जना कर्मचारी, पत्रकार लगायतले रक्तदान गर्ने लक्ष्य लिएकोमा त्यो संख्या बढेर झण्डै एक सय पुगेको छ । यसअघि समूहमा आवद्ध कर्मचारीहरुले एक दिनबापतको तलब रकम बारा पर्सा हावाहुरी पिडितलाई प्रदान गर्ने घोषण गरिसकेका छन् । टीबीआई समूहले नेपालमा पर्यटन, बेभरेज, शिक्षा र सञ्चार क्षेत्रमा लगानी गरेको छ भने टीबीआई होल्डिङ्सका नाममा जापानमा रेष्टुराँसहित रियलइस्टेट, आयात निर्यात र फुड एन्ड बेभरेजमा लगानी गरेको छ । टीबीआईको लगानी गरेको व्यवसायमा जापानमा मात्रै करिब ३ सय नेपालीसहित ४ हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।